गृहपृष्ठ » मुख्य समाचार, राजनीतिबिद्ययकलाई अन्तिम रुप दिईदै

बिद्ययकलाई अन्तिम रुप दिईदै

August 15, 2015१४५ पटक

३०, साउन
नयाँ संविधानको एकीकृत मस्यौदा विधेयक आज तयार हुने भएको छ । मस्यौदा समिति अन्तर्गतको कार्यदलले तोकिएको समयभित्र आज संविधानको विधेयक तयार पार्ने जनाएको छ ।
समिति सभापति कृष्णप्रसाद सिटौला नेतृत्वको कार्यदलले आज विधेयक मस्यौदा तयार गर्ने र समितिलाई बुझाउने कार्यदलका एक सदस्यले जनाएका छन् ।
हिजोसम्म धारा ८५ सम्मको काम सकिएको र आज त्यसमाथि छलफल जारि रहेको छ । प्रस्तावित संविधानमा २ सय ९६ धारा रहेका छन् ।
संविधानको मस्यौदामाथि संविधानसभाको छलफल बहिष्कार गरेका राप्रपा नेपाल र मधेस केन्द्रित दल मस्यौदा समितिको विधेयक निर्माण कार्यदलमा सहभागी भएका छन् ।
संविधानको प्रस्तावना, नागरिकता तथा राज्यको संरचना र राज्यशक्तिको बाँडफाँटको भाग टुंग्याउन सबैभन्दा धेरै समय खर्च भएको छ भने संविधानको प्रस्तावना, परिभाषा, नागरिकता, मौलिक हक, राष्ट्रपति र उपराष्ट्रपति तथा संघीय कार्यपालिकाको भागमा छलफल भई टुंगो लागेको छ ।
संवाद समितिले टुंग्याएका विषयकै आधारमा रहेर कार्यदलले विधेयक तयार पारिरहेको छ ।
मस्यौदा समितिले सभापति सिटौलाको संयोजकत्वमा भरतमोहन अधिकारी, हितराज पाण्डे, रमेश लेखक, अइन्द्रसुन्दर नेम्वाङ, जितेन्द्र देव रहनुभएको कार्यदल गठन गरेको थियो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण