गृहपृष्ठ » मुख्य समाचार, राजनीतिसङ्घीय प्रदेशको सीमाङ्कन परिमार्जन हुन सक्छ ः उपप्रम सिंह

सङ्घीय प्रदेशको सीमाङ्कन परिमार्जन हुन सक्छ ः उपप्रम सिंह

August 15, 2015१४० पटक

३०, साउन
उपप्रधान तथा स्थानिय विकासमन्त्री प्रकाशमान सिंहले संविधानको मस्यौदामा प्रस्तावित सङ्घीय प्रदेशको सीमाङ्कनबारे परिमार्जन हुन सक्ने बताउनुभएको छ ।
राजधानीमा ाज आयोजित एक कार्यक्रममा मन्त्री सिंहले चाँडो लिखित सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी संविधान जारी गरेर सरकारले विकास निर्माणको कामलाई गति दिने बताउनु भएको छ ।
यसैबीच सहरका युवालाई सकारात्मक क्रियाकलाप र विकास निर्माणमा अभिप्रेरित गर्ने उद्देश्यले एक्टिभिस्टले ‘सुरक्षित सहर अभियान’ सुरु गरेको छ ।
अभियानको उद्घाटन गर्दै उपप्रधानमन्त्री सिंहले देशका ४० प्रतिशतभन्दा बढी युवा शक्तिलाई स्वदेशमा उपयोग गर्ने वातावरण सिर्जना गरिनुपर्नेमा जोड दिनुभयो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण