गृहपृष्ठ » मुख्य समाचार, राजनीतिराम्रो व्यवस्था भए जो सुकैका माग समावेश हुन्छ ः नेपाल

राम्रो व्यवस्था भए जो सुकैका माग समावेश हुन्छ ः नेपाल

August 15, 2015१४५ पटक

३०, साउन

नेकपा (एमाले) का नेता पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले संविधानमा राम्रो व्यवस्था भएमा जो सुकैका माग समावेश गरिनुपर्ने बताउनुभएको छ । आज राजधानीमा आयोजित एक कार्यक्रममा कर्णाली, सुर्खेत, कैलाली र कञ्चनपुरलगायतले आन्दोलन गर्नु नपर्ने गरी एवम् विविधतालाई एकतामा बदली धर्मका सम्बन्धमा उठेका विषयलाई पनि सम्बोधन गर्ने गरी संविधान जारी गरिनुपर्नेमा उहाले जोड दिनुभयो । कार्यक्रममा सभासद् दीपकप्रसाद कुइँकेलले संविधान जारी भएको छ महिनाभित्रमा स्थानीय निकायको निर्वाचन गराउने व्यवस्था मिलाइनुपर्ने बताउनुभयो । सभासद् रामेश्वर फुयाँलले संविधानमा लिङ्ग पहिचानपछि भू्रण हत्या गर्न नपाइने व्यवस्था ल्याउन लागिएको जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण