नवलपरासीमा गोली चल्यो,
३०, साउन, ।।
नवलपरासीमा थरुहट प्रदेशको माग गर्दै प्रदर्शनमा उत्रिएका आन्दोलनकारीले नेकपा एमालेका सभासद बैजानाथ चौधरीको घरमा आक्रमण गर्न गएपछि प्रहरीले हवाइ फायर गरेको छ । तिलकपुरस्थित मगरमुढामा रहेको चौधरीको घरमा आक्रमण गर्न गएपछि प्रहरीले बल प्रयोग गरेको हो । प्रहरीले अश्रुग्यासका साथै हवाइ फायर गरेको हो । प्रदर्शनकारीको भिड नियन्त्रण गर्न रबरको गोली हान्नु परेको स्थानीय प्रशासनले जनाएको छ । घटनामा घाइते भएका कमल चौधरी को पृथ्वीचन्द्र अस्पताल परासीमा उपचार भइरहेको छ ।