गृहपृष्ठ » मुख्य समाचार, शिक्षा, समचारएसएलसी मौका परीक्षामा रोल्पाबाट १,३४२ सहभागी हुँदै

एसएलसी मौका परीक्षामा रोल्पाबाट १,३४२ सहभागी हुँदै

August 5, 2015६४७ पटक

नवीन लोचनमगर
रोल्पा, साउन २० – बुधबारबाट देशैभरि हुन लागेको एसएलसी मौका परीक्षामा रोल्पाबाट १ हजार ३ सय ४२ जनाले भाग लिन लागेका छन् । मौका परीक्षाको लागि जिल्लामा तीन परीक्षा केन्द्र तोकिएको छ ।
जसमा तारा मावि बामरुकमा ४३४ जना, बालकल्याण उमावि ‘क’ केन्द्रमा ४६४ जना र बालकल्याण उमावि ‘ख’ केन्द्रमा ४४४ जना विद्यार्थीले परीक्षा दिन थालेका हुन् ।
त्यस्तै बामरुकमा गनबहादुर वली, बालकल्याण ‘क’मा तुलसीप्रसाद श्रेष्ठ र ‘ख’मा दिलकुमारी वलीलाई केन्द्राध्यक्षको रुपमा तोकिएको जिल्ला शिक्षा अधिकारी नेपालहरि रानाभाटले जानकारी दिए ।
मौका परीक्षालाई मर्यादित र शान्त बनाउन सबै प्रकारको कार्य गरिएको रानाभाटले बताए ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण