गृहपृष्ठ » मुख्य समाचार, राजनीति, समचार, स्वास्थ्यभूकम्पपीडितले परिचयपत्र र राहत पाएनन ।।

भूकम्पपीडितले परिचयपत्र र राहत पाएनन ।।

August 15, 2015३०४ पटक

३०, साउन, चितवन ।।
भुकम्प गएको चार महिना पुग्न लाग्दा पनि चितवनमा अझै छ हजारभन्दा बढी भूकम्पपीडित परिवारले सरकारी राहत पाउन सकेका छैनन् । सरकारले भूकम्पपीडितमध्ये घर पूर्ण क्षति भएकाको परिवारलाई १५ हजार र आंशिक क्षति भएकाको हकमा तीन हजार राहत प्रदान गर्ने निर्णय गरेको थियो । अहिलेसम्मको तथ्याङ्कअनुसार पूर्ण र आंशिक गरी १३ हजार ६२० घर क्षति भएको छ । तीमध्ये सात हजार ४५० परिवारले मात्रै परिचयपत्र पाएका छन् भने सात हजार १९८ परिवारले मात्रै राहत रकम प्राप्त गर्न सकेका छन् । अझै छ हजार १७० परिवारले परिचयपत्र र छ हजार ४२२ परिवारले राहत पाउन नसकेको जिल्ला विपद् व्यवस्थापन समितिको तथ्याङ्कमा उल्लेख छ । चितवनमा भूकम्पका कारण तीन हजार ४९१ घर पूर्ण क्षति भएको छ भने १० हजार १२९ घर आंशिक क्षति भएको तथ्याङ्क छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण