गृहपृष्ठ » मुख्य समाचार, राजनीतिसमाजवादबाट आत्तिनु पर्दैन

समाजवादबाट आत्तिनु पर्दैन

August 15, 2015१५९ पटक
संविधानको प्रस्तावनामै समाजवाद उन्मुख राज्य हुनेछ भनेर लेख्नुपर्ने गरी समाजवाद शब्दमा मोह किन?
सबैले आफूलाई समाजवादी भन्न रुचाउँछन्। साम्यवादीले आफूलाई समाजवादी भन्छन्। हामी कांग्रेस पनि समाजवादी भन्छौं।
समाजमा स्वीकार्य छ। तर आफूचाहिँ लोककल्याणकारी राज्य लेख्ने पक्षमा थिएँ। तर समाजवाद शब्दप्रति आत्तिनुपर्ने अवस्था छैन।
समाजवाद भनेको सामाजिक न्याय हो। उत्पादनलाई न्यायोचित तवरले वितरण गर्न उत्पादन वृद्धि हुनपर्छ। यो कुरा संसदीय पद्धतिबाट गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो।
समाजवादका धेरै थरी मोडल छन्। संविधानमा समाजवाद अमूर्त राख्दा अन्योल भएन?
समाजवाद उन्मुख हुने भनेको सामाजिक न्याय हुने हो। यसमा बट्रान्ड रसेलको एउटा भनाइ छ, ‘समाजवाद एउटा यस्तो टोपी भइसकेको छ, जसको कुनै आकार छैन, यसलाई जसले जसरी लगाउँदा पनि हुन्छ।’
भारतको संविधानमा समाजवाद लेखिएको छ।श्रीलंकाको देशको नाम नै समाजवादबाट सुरु हुन्छ । दक्षिण एसियामा सबैभन्दा पहिला बजार अर्थतन्त्र लागू गर्ने देश श्रीलंका।
खुला र बजारमुखी अर्थतन्त्रको कारण श्रीलंका र भारतले आर्थिक विकास हासिल गरे। यस्तै बेलायतमा पनि लेबर पार्टी समाजवादी पार्टी हो।
तर, लेबर पार्टी नीति बजार अर्थतन्त्रको नीति हो। साम्यवादको कुरा गर्न नछाड्नेले पनि आफूलाई समाजवादी भनेको हुनाले डर उत्पन्न भएको हो भने नडराए हुन्छ।
नेपाली कांग्रेसमा पनि एउटा तप्का बीपीको समाजवाद सम्झेर भावुक हुन्छन्। डा. महतलाई बीपीको नीति बिर्सेको आरोप लगाउँछन् ?
बीपीसँग सबैभन्दा आर्थिक नीतिमा मैले बहस गरेको छु। नेपाली कांग्रेसमा मेरो उमेरसमूहमा आर्थिक नीतिमा बीपीसँग बहस गर्ने मैले हो। बीपीको अन्तिम अवस्थाका क्षणमा जयबागेश्वरी गएर बीपीसँग करा गर्थें।
बीपीको देहान्त उपचारको क्रममा थाइल्यान्डमा भयो। उहाँ उपचारको लागि थाइल्यान्ड जाने दिन बिहान उहाँले मसँग ‘महत सुन अहिले परिस्थिति बिग्रेको छ। फर्केर आएर बहस गरुला’ भन्नुभएको थियो।
बीपीले सोचेको भन्दा हामी फरक छैनौं। बीपीको समयजस्तो अहिले त्याग र आदर्श छैन। त्यो बेलाको नैतिक धरालत छैन। आचरण र व्यवहारमा हामीले बिर्सेको हो आर्थिक नीतिमा बिर्सेको होइन।
बीपीले भन्नुभएको थियो, ‘उत्पादन वृद्धिको लागि गरिने कुनै पनि प्रयास समाजवादी लक्ष्य हासिल गर्नको लागि पहिलो प्रयास हो।’ बिनाउत्पादन, आय र समृद्धिको वृद्धि समाजवादको नारा दिँदा कोरा कल्पनामा मात्र हो।
समाजवाद उन्मुख हुने भनेको सामाजिक न्याय हुने हो।
यो समाजवादी काम होइन। उहाँले त्यसमा प्रष्ट भन्नुभएको थियो। पहिला उत्पादन वृद्धि गरेपछि मात्र वितरण गर्ने हो। दूध भनेको गिलासमा खाने हो चम्चा चम्चा बाँडेर खाने होइन। उहाँले सोभियत संघको अर्थतन्त्रको आलोचना गर्नुभएको थियो।
अबको हाम्रो आर्थिक नीति के हुनुपर्छ ?
मैले पहिलो पटक बजेट निर्माण गर्दा १२ अर्ब रुपैयाँ राजस्व उठेको थियो। अहिले चार सय ६५ अर्बको राजस्वको लक्ष्य हामीले राखेका थियां । हामीले निजी क्षेत्रलाई प्रोत्साहन गर्‍यौं।
जसबाट अहिले बैंक तथा वित्तीय संस्थाबाट ३० देखि ३५ अर्ब राजस्व उठ्छ। यस्तै टेलिकमबाट पनि ३० देखि ३५ अर्ब राजस्व उठ्छ। त्यो पैसा गाउँगाउँमा गएको छ। गाउँको शिक्षा, स्वास्थ्य र खानेपानीमा गएको छ।
गरिबी निवारण, सामाजिक सुरक्षाको लागि खर्च भएको छ। राज्यले जुन रकम जम्मा गर्छ बजार अर्थतन्त्र विकास भएपछि मात्र राजस्व वृद्धि हुन्छ।
सरकारले लिएको रकम गरिबी निवारणमा पछाडि परेको वर्गको विकासको लागि खर्च । त्यही कारण २५ वर्षअगाडि ५० प्रतिशतमा रहेको गरिबी अहिले २३ प्रतिशतमा झरेको छ। बीपीले नेपालमा ठूलो अस्पताल होइन।
गाउँगाउँमा स्वास्थ्य केन्द्र र स्वच्छ खानेपानी पुर्‍याऊ भन्नुहुन्थ्यो । अहिले ८५ प्रतिशत गाउँमा स्वच्छ खानेपानी पुगेको छ। गाउँगाउँमा स्वास्थ्यकेन्द्र पुगेको छ। जसको कारण मातृशिशु मृत्युदर घटेको छ।
२०४६ सालमा नेपालको औसत आयु ५४ वर्ष थियो अहिले ७० वर्ष पुगेको छ। एक पुस्तामा १६ वर्ष आयु बढ्छ भने त्यो सुधार होइन ? उदार अर्थव्यवस्थाको कारण केही विकृति भएको होला।
२०४८ सालमा समाजवाद सुन्न नचाहने डा. महत र अहिलेको डा. महतको नीतिमा प्याराडाइम सिफ्ट भयो भनिन्छ नि ?       
तत्कालीन समयमा राज्य नियन्त्रित व्यवस्थाबाट खुला गर्नुपर्ने हुँदा सबैलाई यो बजारमुखी भयो भन्ने आरोप लाग्यो। त्यो समयमा गरेको बजारमुखी अर्थतन्त्रले निजी क्षेत्र अगाडि आयो। त्यो समयमा हामीले सबै गाविसमा स्वास्थ्यचौकी पुर्‍याउने भनेका थियौं।

 
त्यो समयमा २५ जिल्लाको जिल्ला सदरमुकाममा बाटो गएको थिएन। त्यस बखतमा पनि समाजवादी काम भएका थिए। बजारमुखी भयो भनेर मात्र आलोचना भयो।annapurnapost
प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण