गृहपृष्ठ » मुख्य समाचार, राजनीतिपर्यटन मन्त्री शेर्पाले सभासदलाई झुक्याए

पर्यटन मन्त्री शेर्पाले सभासदलाई झुक्याए

August 15, 2015१७१ पटक

संखुवासभा, साउन ३० – पर्यटनमन्त्री कृपासुर शेर्पाले सभासद तारामान गुरुङलाई झुक्याएर शनिबार संखुवासभाको मकालु आउनुभएको छ । संखुवासभाको मकालु स्थित सेदुवामा आयोजित एक कार्यक्रममा शेर्पाले सभासद गुरुङलाई ल्याउनुभएन ।

गएको सोमबार सभासद गुरुङ सहित पर्यटनमन्त्री  मकालु आउने तय भएपछि मन्त्री शेर्पाले बाहाना बनाएर कार्यक्रम स्थगित गराउनुभएको थियो । गुरुङ संखुवासभा क्षेत्र नम्बर १ का निर्वाचित सभासद हुनुहुन्छ । उहाँ मकालुका स्थानीय बासिन्दा समेत हो । ‘मन्त्री शेर्पाले गएको सोमबार कार्यक्रम स्थगित गरेर शनिबार सुटुक्क आएछन्’ सभासद गुरुङले भन्नुभयो ‘त्यो मेरो क्षेत्र पनि हो र त्यहा“को स्थानीय बासिन्दा पनि म हो ।

हामी जाँदैमा मन्त्री गएको कार्यक्रम बिथोलिने थिएन । जानकारी दिएरै गएको भएपनि हुने थियो । यसरी सुटुक्कै जानुमा अर्कौ रहस्य हुन सक्छ ।’ सभासद गुरुङले थपे ‘यती गोप्य भएर जानु आवश्यक थिएन ।’ पर्यटन तथा स्वच्छकर्ता अभियान नामक गैरसरकारी संस्थाले मन्त्री शेर्पालाई मकालु ल्याएको हो । यो संस्थाले के काम गर्छ भन्ने समेत स्पष्ट नभएको स्थानीय बासिन्दाले बताएका छन् ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण