गृहपृष्ठ » अन्तर्वार्ता, मुख्य समाचार, राजनीतिअन्यौलमा कांग्रेस महाधिवेशन : यस्ता छन् तोकिएकै मितिमा हुने ५ र नहुने ३ कारण

अन्यौलमा कांग्रेस महाधिवेशन : यस्ता छन् तोकिएकै मितिमा हुने ५ र नहुने ३ कारण

August 15, 2015५३९ पटक

काठमाडौं, साउन ३० – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले निर्धारण गरेको मितिअनुरूप महाधिवेशनको प्रक्रिया सुरु हुन अब १९ दिन मात्र बाँकी छ । तर केन्द्र, जिल्ला, क्षेत्र तथा गाउँनगरको तयारी अहिलेसम्म पर्याप्त मात्रामा हुन सकेको देखिन्न ।

अहिलेसम्म पार्टीको क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरण पनि सकिएको छैन । यसले महाधिवेशन कसरी होला र भन्ने आँकलन धेरै नेता कार्यकर्ताको छ । तर, पार्टीको विधान र नेपालको अन्तरिम संविधान–०६३ अनुरूप कांग्रेसले अहिले तोकेको मिति २ असोजमा महाधिवेशनको उद्घाटन गर्नैपर्ने बाध्यता छ ।

तोकिएको मितिमा महाधिवेशन हुने अवस्था र सर्न सक्ने कारण यस्ता छन् ।

Congress-frontयसकारण महाधिवेशन हुन सक्छ

१) विधानको बाध्यात्मक अवस्था

कांग्रेस विधान २०१७ (छैटौँपटक संशोधन) मा पार्टीको महाधिवेशन प्रत्येक चार–चार वर्षमा गर्नुपर्ने उल्लेख छ । १२औं महाधिवेशन ०६७ असोज १ गते सुरु भएर ६ गते सम्पन्न भएकाले विधानमा उल्लेख भएको चार वर्ष ०७१ असोजको पहिलो साता नै पुग्यो । तर, विधानको धारा ४१ मा रहेको ‘असाधारण स्थिति भएमा केन्द्रीय कार्यसमितिले सोको कारण खोली बढीमा एक वर्षसम्म अवधि बढाउन सक्नेछ’ भन्ने क्लज देखाएर एक वर्ष सारिसकेका छन् । अब महाधिवेशन सार्नका लागि पार्टीको विधान परिवर्तन गर्नुपर्छ । त्यो तत्काल सम्भव छैन ।

२) संविधानको बाध्यात्मक अवस्था

नेपालको अन्तरिम संविधान–०६३ ले कुनै पनि राजनीतिक दलले पाँच वर्षमा पार्टीको महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्नुपर्ने व्यवस्था गरेको छ । मिति सार्नका लागि महाधिवेशन भएको पाँच वर्ष पुगिसकेकाले अन्तरिम संविधान परिवर्तन गर्नुपर्छ । त्यो सम्भव छैन । अन्तरिम संविधानको धारा १४२ को उपधारा ३ (ख) मा राजनीतिक दलको विधान र नियमावलीमा कम्तीमा पाँच वर्षमा एकपटक सो दलको प्रत्येक तहका पदाधिकारीको निर्वाचन हुने व्यवस्था हुनुपर्छ भन्ने उल्लेख छ ।

कांग्रेस महाधिवेशन : कुन जिल्लामा कुन पक्षको पकड ?
३० चुनाव चिह्न बचाइराख्ने बाध्यता
निर्वाचन आयोगमा राजनीतिक दलले पार्टीको विधानमा व्यवस्था भएको र अन्तरिम संविधानमा उल्लेख भएको व्यवस्थाअनुरूपको समयमा महाधिवेशन गरेको जानकारी गराउनुपर्छ । आयोगले संविधानमा भएको व्यवस्थामा आधारित रहेर दलसम्बन्धी नियमावली बनाएको हुन्छ । त्यही नियमावलीअनुरूप दलहरूलाई नविकरण गर्छ । नियमावलीअनुरूप नवीकरण नगर्ने र महाधिवेशन गरेको जानकारी नगराउने दलको चुनाव चिह्न, अर्को कुनै राजनीतिक दलले प्रक्रिया पु¥याएर दाबी गरेमा आयोग दिन बाध्य हुन्छ । कांग्रेसले मुलुकको अवस्था देखाएर केही समयमा हामी महाधिवेशन गर्छौं, अनुमति दिनुप¥यो भनी प्रमुख सत्तारुढ दलले भनेमा निर्वाचन आयोगले नमान्ने कुरै भएन । तर, कांग्रेसले अन्तरिम संविधानमा गरिएको दलसम्बन्धी व्यवस्थाको पालना नगरेको भन्दै अर्को कुनै दलले चुनाव चिह्न दाबी गरेमा उसलाई आयोगले कांग्रेसको चुनाव चिह्न दिन बाध्य हुनैपर्छ ।

४० लोकतन्त्रको खोल
कांग्रेस मुलुकको लोकतान्त्रिक पार्टी हो । अहिलेसम्म पार्टी विधान र संविधानमा भएको व्यवस्थाअनुरूप महाधिवेशन गर्ने पार्टीका रूपमा पनि परिचित छ । तर, पछिल्लो समय पार्टीका भ्रातृसंस्थाको महाधिवेशन नगरी तदर्थवादमा लागेको आरोप कांग्रेस नेतृत्वमाथि लागेको छ । पार्टीलाई पनि तदर्थवादमा लैजान पार्टी नेतृत्व लागेको कांग्रेस नेताले सार्वजनिक रूपमा नै वक्तव्य दिन थालेका छन् । त्यो आरोपबाट मुक्त हुन पनि महाधिवेशन गर्नुपर्ने अवस्था छ । अरूलाई लोकतन्त्रको पाठ सिकाउनेले त आफू पनि लोकतान्त्रिक आचरणको भएर देखाउनुपर्छ, यही प्रमाणित गर्न पनि अहिले तोकिएकै मितिमा महाधिवेशन गर्नुपर्ने कांग्रेस नेतृत्वलाई बाध्यता छ ।
५० गुटको दबाब
फुटेको कांग्रेस एक भएकाले पार्टीमा स्पष्ट रूपमा दुई गुट छन् । एउटा संस्थापन र अर्को फुटेर गई पुनः मिलेका वरिष्ठ नेता शेरबहादुर देउवाको गुट । देउवा गुटले पार्टीमा आफूहरूले ४० प्रतिशतभन्दा बढी होल्ड रहेको बताउँछ । सो गुट जसरी भए पनि तोकिएको समयमा महाधिवेशन गर्नुपर्ने बताउँदै नेतृत्वलाई दबाब दिइरहेकाले त्यसबाट पनि नेतृत्वलाई उम्कन धेरै सजिलो छैन ।
यसकारण सर्न सक्छ
१० संगठनात्मक कारण
पार्टीको महाधिवेशन प्रक्रिया पहिला बुथ अधिवेशन, त्यसपछि क्षेत्र र जिल्ला हुँदै केन्द्रमा हुन्छ । बुथ अधिवेशनको घोषित मिति आउन १९ दिन मात्र बाँकी छ । तर, त्यसका लागि आवश्यक पर्ने पार्टीको क्रियाशील सदस्यता नयाँलाई वितरण र पुराना नवीकरणमा देखिएको विवाद टुंगिएको छैन्। यतिसम्म कि गुटबन्दीका कारण अझै नुवाकोट, सिन्धुपाल्चोक र महोत्तरीका पूरै जिल्लाका सदस्यता भरेका फारम समेत पार्टी केन्द्रीय कार्यालयमा आउन सकेका छैनन् । सदस्यतामा विवाद देखिएपछि केन्द्रीय कार्यसमितिले पटकपटक गरी अन्तिमपटक १५ असारसम्म सदस्यतामा देखिएको विवाद छानबिन गरी टुंग्याउन समिति बनाएको थियो, त्यो समितिले पनि काम फत्ते गर्न सकेको छैन । महाधिवेशनको महत्त्वपूर्ण विषय सदस्यता नै फाइनल नभएपछि कसरी महाधिवेशन हुन्छ भन्ने द्विविधा देखिएको छ ।
२० राजनीतिक कारण
आठ वर्षसम्म लगातारको कसरतपछि संविधानसभाबाट संविधान निर्माणको ठोस प्रक्रिया अघि सरेको छ । संविधानसभाले १५ भदौमा संविधान जारी गर्ने कार्यतालिका बनाएको छ । संविधानसभाको सबैभन्दा ठूलो दल भएकाले शीर्ष तहका प्रायः र जिल्लाका पनि अधिकांश नेता संविधानसभा सदस्य भएकाले तोकिएको मितिमा महाधिवेशनको प्रक्रिया सुरु गर्न अफ्ठेरो स्थिति देखिन्छ । १७ भदौबाट गाउँनगर अधिवेशन हुने कार्यतालिका रहेकाले दुई दिनमा जिल्ला पुगेर अधिवेशन सम्पन्न गर्न सम्भव नरहेको नेता बताउँछन् ।

 

विधान संशोधन प्रक्रियामा कांग्रेस : व्यक्ति सेटलमेन्ट कि आवश्कयता ?

 

३) शक्ति सञ्चय

राजनीतिमा सबैभन्दा महत्त्वपूर्ण विषय शक्ति सञ्चय गर्ने हो । अहिले पदाधिकारी रहेका नेता फेरि पनि पदाधिकारीमा अहिलेभन्दा माथिल्लो पदका दाबेदार छन् । त्यसका लागि संविधान निर्माणका काममा व्यस्त रहन परेकाले शक्ति सञ्चय गर्न पाएका छैनन् । उनीहरूलाई समयको आवश्यक छ, त्यसैले केही समय भए पनि अधिवेशन सारेर शक्ति सञ्चय गर्न चाहन्छन् । यसले अधिवेशन सर्ने हो कि भन्नेमा कार्यकर्ता देखिन्छन् ।

सर्ने/नसर्नेमा आ–आफ्नै धारणा

कांग्रेसका केन्द्रीय तहका नेता महाधिवेशन सर्ने या नसर्ने भन्नेमा आफैँ अन्योलमा रहे पनि बाहिर आ–आफ्नै तर्क दिएर हिँड्ने गरेका छन् । प्रायःको तर्क पार्टी विधान र अन्तरिम संविधानमा रहेको बाध्यात्मक प्रावधानका कारण महाधिवेशन तोकिएकै मितिमा हुने रहन्छ ।

केन्द्रीय सदस्य धनराज गुरुङले पार्टीको विधान र अन्तरिम संविधानमा अहिले तोकिएको मिति सार्ने कुनै पनि क्लज नरहेकाले महाधिवेशन तोकिएकै समयमा गर्नुपर्ने बाध्यता रहेको बताउँछन् । उनले संविधान जारी गर्नुपर्ने राष्ट्रिय जिम्मेवारी र पाँच वर्षभित्र महाधिवेशन सम्पन्न गर्नुपर्ने संवैधानिक अप्ठेरो पार्टीसामु आए पनि दुवै काम सफलतापूर्वक सम्पन्न गर्नुको विकल्प पार्टी नेतृत्वसामु नरहेको बताए ।

केन्द्रीय सदस्य प्रदीप पौडेलले १३आंै महाधिवेशन कुन मितिमा हुन्छ भन्ने निश्चित भइनसकेको बताए । ‘१० भदौभित्र नयाँ संविधान जारी हुँदा पनि १७ गतेको गाउँ अधिवेशन गराउन कठिन छ,’ उनले भने, ‘व्यावहारिक अप्ठेरो र राष्ट्रिय जिम्मेवारी पूरा गर्नुपर्नेछ ।’

कांग्रेसले तेस्रोपटक तय गरेको कार्यतालिकामा १७ भदौमा गाउँ, २२ मा क्षेत्र र २५ मा जिल्ला अधिवेशन गरिने उल्लेख छ । २ असोजदेखि १३आंै महाधिवेशन सुरु गरी ६ गते सक्ने कार्यतालिका केन्द्रीय कार्यसमितिले बनाएको छ ।

यद्यपि नेताले ५ असोजभित्र स्थानीय तहको अधिवेशन सुरु गरेर एक–दुई महिनाभित्र सम्पन्न गर्ने वा निर्वाचन आयोगलाई विशेष परिस्थिति दर्शाएर ६ महिना सार्नुपर्ने तयारी गरेको बताइन्छ ।

केन्द्रीय सदस्य डिना उपाध्यायले महाधिवेशन गर्नुको विकल्प नेतृत्व समक्ष नभएको बताइन् । उनी भन्छिन्, ‘संवैधानिक व्यवस्थाअनुसार पनि ५ असोजभित्र महाधिवेशन गर्नुपर्ने बाध्यता छ । महाधिवेशन सार्नेतिर नभई गर्नेतिर सबैले जोड गर्नुपर्छ ।’

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण