गृहपृष्ठ » मुख्य समाचार, समचारच्याउ खाँदा रुकुममा एकको मृत्यु, चार बिरामी

च्याउ खाँदा रुकुममा एकको मृत्यु, चार बिरामी

August 15, 2015१८९ पटक

३० साउन, रुकुम ।    विशालु च्याउँ खाँदा  रुकुममा एक जनाको मृत्यु भएको छ  चार जना  बिरामी परेका छन् ।redmushrooms

कोटजाहारी गाविस वडा नं. ८ की ४८ वर्षीया चैती नेपालीको विशालु च्याउँ खाँदा मृत्यु भएको इलाका प्रहरी कार्यालय चौहरजाहारीले जानकारी दिएको छ ।

स्थानीयका अनुसार शुक्रबार साँझ घर नजिकैको जङ्गलबाट ल्याएको च्याउ पकाएर खाएपछि नेपालीलाई एक्कासी रिगाटा लाग्ने, वान्ता हुने लक्ष्यण देखिएको थियो । बिरामी भएकी उनलाई उपचारका लागि स्थानीय मेडिकलमा लैजाँदै गर्दा शनिबार बिहान निधन भएको हो ।

विशालु च्याउँ खाँदा नेपालीकै ३ छोरा र १ छोरी गम्भिर बिरामी परेको प्रहरीको भनाई रहेको छ । विरामी चारै जनाको अहिले चौहरजाहारी अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण