गृहपृष्ठ » मुख्य समाचार, समचारभिरबाट लडेर एक जनाको मृत्यु

भिरबाट लडेर एक जनाको मृत्यु

August 15, 2015१५२ पटक

डोटी, साउन ३० – बाख्रा चराउन जंगलमा गएका बेला भिरबाट लडेर डोटीमा एक किशोरीको ज्यान गएको छ । भिरबाट लडेर ज्यान गुमाउनेमा डोटी घागल–८ गैराकी १६ वर्षकी दीपा रोकामगर रहेको सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालय दिपायलले जनाएको छ ।
शुक्रबार घर नजिकैको जंगलमा बाख्रा चराउन गएकी मगरको शव शनिबार फेला परेको उनका आफन्तले बताएका छन् । मगरको शव खप्टी भिरबाट ७० मिटर तल फेला परेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण