गृहपृष्ठ » शिक्षानेपालकै नमुना स्वास्थ्य गाऊ बनाउन बर्जिवाङ गाविस छनोट

नेपालकै नमुना स्वास्थ्य गाऊ बनाउन बर्जिवाङ गाविस छनोट

August 5, 2015३१८ पटक

जिवनमाया के.एम
२० साउन, प्युठान नेपालकै नमुना स्वास्थ्य गाँउ बनाउनका लागि प्युठानको बर्जिवाङ गाविस छनोटमा परेको छ । प्राथमिक स्वास्थ्य पुर्नर जागरण महाशाखा अन्तरगत नमुना स्वास्थ्य गाँउ निर्माण कार्यक्रममा मध्येपश्चिमाञ्चल क्षेत्रको तर्फवाट बर्जिवाङ गाविस छनोटमा परेको हो । बर्जिवाङमा रहेका अधिकासं नागरिकहरुमा आधारभुत स्तरको स्वास्थ्य सुविधा पुगेपछि गाविसलाई नमुना स्वास्थ्य गाँउ बनाउने गरि स्वास्थ्य पुर्नर जागरण महाशाखाबाट गाविस छनोटमा परेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

बर्जिवाङ गाविसमा स्वास्थ्य चौकीसम्ममा गाविसबासिको पहुँच पुग्न नसक्दा गाविसका ४,५,६ र ७ नम्बर वडाहरुमा नियमित्त गाँउघर क्लिनीक संञ्चालनगरि स्वास्थ्य सेवा दिदै आइएको छ ।नमुना स्वास्थ्य गाँउ बन्नका लागि आधारभुत १४ वटा सुचक पुरागर्नुपर्ने जिल्ला स्वास्थ्य कार्यालयका सुचना तथा संञ्चार संयोजक दलवहादुर केसीले वताउनु भयो । प्यूठानका ४२ गाविस र नगरक्षेत्रका वडाहरुभन्दा बर्जिवाङ गाविसमा स्वास्थ्य सुचक पुरा गर्न स्थानियले क्रियासिलता देखाउदा गाविस छनोटमा परेको केसीले वताउनु भयो ।

त्यस्तै बर्जिवाङ गाविसमा जिल्लाकै पहिलो गाँउघर क्लिनीकका लागि भवन निर्माण भएको छ । स्थानिय तथा जिल्ला स्वास्थ्य कार्यालयको आर्थिक सहयोगमा प्यूठानको पहिलो गाँउघरक्लिनीक भवन निर्माण भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । भवन निर्माणका लागि जिल्ला स्वास्थ्य कार्यालयले १ लाख २० हजार आर्थिक सहयोग गरेको थियो

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण