गृहपृष्ठ » शिक्षाडाक्टरको अनुभूतिः म भैया, ऊ दलित र यो कर्णाली

डाक्टरको अनुभूतिः म भैया, ऊ दलित र यो कर्णाली

August 15, 2015२३० पटक

11874156_10153461413932557_1497990148_n

डा रत्नवीर सुनार र डा. सुवास चौधरी जुम्लामा
सानो सोच राखेर हेर्ने हो भने हामी तीनै हेपिएका छौँ । म सुवास चौधरी पहाडकाले हेपेर धोती, देशी वा भैया भन्छन् । मेरो साथी डा. रत्नवीर सुनारलई ‘दलित’ भन्छन् । जुम्ला, जहाँ हामी काम गर्छाैं त्यो हेपिएकै ठाउँ हो । कसैले टाढा वा पुग्न नसकिने र गरिब रहेको ठाउँको संज्ञा दिँदा ‘कर्णाली’ भन्छन् ।
अहिले देशमा एकैपल्ट धेरै कुरा चलिरहेका छन् । जातको कुरा उठिरहेको छ– दलितले इनारको पानी भर्न पाएनन् । संघीयतामा सीमांकन कुरा छन्– मधेश प्रदेश, थरुहट प्रदेश, अखण्ड फलानो इत्यादि ।
हामी कार्यरत जिल्ला जुम्लाका वासिन्दामा पनि अहिले यस्तै केही आगो बलिरहेको छ । यही सन्दर्भमा मलाई आफ्नै अवस्थाबारे भन्न मन लाग्यो ।
म अर्थात् सुवास चौधरी । नेपाली नागरिकता धारण गरेकाले मात्रै होइन, यही देशको माटोसँग मेरो रगत जोडिएकाले नेपाली नागरिक ठान्छु । मेरो पेशाले ‘सेवा नै धर्म हो’ भन्छ । अरु धर्मका कुरा नगरौं । नागरिकतामा जहाँको बासिन्दा लेखियोस्, जुन घरको छानोमुनि ओत लागेको छु, त्यही मेरो घर हो ।
म अर्थात् सुवास चौधरी । नेपाली नागरिकता धारण गरेकाले मात्रै होइन, यही देशको माटोसँग मेरो रगत जोडिएकाले नेपाली नागरिक ठान्छु । मेरो पेशाले ‘सेवा नै धर्म हो’ भन्छ । अरु धर्मका कुरा नगरौं । नागरिकतामा जहाँको बासिन्दा लेखियोस्, जुन घरको छानोमुनि ओत लागेको छु, त्यही मेरो घर हो । मेरो पुख्र्यौली घर मधेशको जनकपुर हो तर म पहाड पाल्पामा जन्मेँ । त्यसैले नेपालभित्र रहेको सबै खालको भुगोलको मलाई उत्तिकै माया छ । म देशलाई मधेश वा पहाड भनेर सीमांकन गर्न चाहन्न ।
मेरो छालाको रंङले कहिलेकाहिँ सीमांकन गरिदिन्छ । मजजस्तै छालाको रङ भएका (डाक्टर र शिक्षक पेशामा रहेका बाहेक) लाई पहाडको समाजले धोती, देशी वा भैया भन्छ ।

यो भुगोलको कुरा भयो । जातका कुरा गरौं म ब्राह्मण भइहालेँ । मेरो सहकर्मी समाजले तल्लो जात भन्ने दलित समुदायको हुनुहुन्छ । सामाजिक विभेदका धेरै तगार पन्छाउँदै अहिले उहाँ चिकित्सक हुनुभएको छ । उहाँको जातले छोएको पानी नचलाउने जातकै मान्छे उहाँसँग जीवनको भीख मागिरहेका हुन्छन् ।
सीमा र भुगोल त मान्छे अहंकार न रहेछन् । जब बिरामले च्यापेर बेसहारा बन्न पुग्छ, त्यसपछि ऊ आफ्नो धरातलमा आइपुग्छ । अनि सहारा त कि ‘भैया’ले दिनुप¥यो कि दलितले ।
सीमा र भुगोल त मान्छे अहंकार न रहेछन् । जब बिरामले च्यापेर बेसहारा बन्न पुग्छ, त्यसपछि ऊ आफ्नो धरातलमा आइपुग्छ । अनि सहारा त कि ‘भैया’ले दिनुप¥यो कि दलितले । हामी आफूले जानेको पेशागत धर्म निर्वाह गर्छाैैं ।
यस्तो बेला कसैले हेर्दैन, मेरो अनुहारको रङ । खाली उसले देख्छ, सेतो कोट । त्यस्तो बेलो कसैले बुझ्दैन, जात उसले केबल बुझ्छ आलाको काम ।
हामीले ठान्ने गरेका छौं– हाम्रो जात डाक्टर हो । हामीले सोच्ने गरेका छौं– हाम्रो क्षेत्र त स्वास्थ्य हो ।
तरपनि कहिलेकाहिँ सामाजिक मानसिकताले हाम्रो गतिविधिमाथि कुविचार पोख्छ । हामी सँगै काम गर्छाैं, खाना खान्छौं, हिँड्छौँ र घुम्छौँ ।
तिरस्कार भोग्ने त सामान्य पेशा अंगाल्ने गरिब दुःखी न हुन् । धेरै मान्छेले सामान्य पेशा नै अंगालेका छन् ।
तर, उनीहरुको मानसिकताले हामी–हामी बिच पनि विभेद देख्छ । मलाई बाहुन ठह¥याउँछ र साथीलाई दलित ।
यति हुँदा हुँदै पनि हामी समाजबाट तिरस्कृत छैनौं । हाम्रो पेशाका कारण, हाम्रो कामका कारण ।
तिरस्कार भोग्ने त सामान्य पेशा अंगाल्ने गरिब दुःखी न हुन् । धेरै मान्छेले सामान्य पेशा नै अंगालेका छन् ।
त्यसैले हाम्रो आग्रह छ– जात, धर्म, भुगोल र रङको आधारमा सीमा नकोरौं । विकासको विकेन्द्रीकरण गरौं । सुविधा सर्वव्यापी बनाऔं ।
(डा. सुवास कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत छन् ।)

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण