गृहपृष्ठ » समाचारहरुचितवनमा एचआईभी संक्रमित बढ्दै

चितवनमा एचआईभी संक्रमित बढ्दै

August 15, 2015१८४ पटक

राजेन्द्र आचार्य


चितवन– चितवनमा हरेक बर्ष एचआईभी संक्रमित संख्यामा वृद्धि हुदै गएको पाइएको छ ।
चितवनमा यो बर्ष मात्रै ९८ जना नयाँ एचआईभी संक्रमित भेटिएका छन् ।
जिल्लामा रहेको एड्स हेल्थ केयर फाउण्डेसन चितवनले सन् २०१५ मा सो संख्यामा नयाँ संक्रमित भेटिएको जानकारी दिएको हो ।
भरतपुर अस्पतालमा एचआइभी परिक्षण गरेकाहरुमध्ये ४३ जनामा एचआइभी संक्रमण भएको पाइएको छ । सन् २०१५ को हालसम्ममा भरतपुर अस्पतालमा एचआइभी परीक्षण गरेका ९ हजार ९ सय ७८ जना मध्ये ४३ जनामा संक्रमण भेटिएको एएचएफ नेपाल भरतपुर अस्पतालका संयोजक कृष्णहरी सापकोटाले जानकारी दिए ।
चितवनमा परिवार नियोजन संघ, चितवन सक्रिय समूह र भरतपुर अस्पतालमा निःशुल्क एचआईभी परिक्षण व्यवस्था रहेको छ ।
चितवनमा एचआईभी संक्रमतिको संख्या दुई हजार भन्दा बढी रहेको भन्दै एक हजार २ सय ३९ जनाले फाउण्डेसनमा नाम दर्ता गराएका छन् । जसमध्ये पुरुष संक्रमितको संख्या बढी रहेको छ । ६ सय ५३ जना पुरुष, चार सय ७६ जना महिला र एक सय ६ जना बालबालिका रहेका छन् ।
जसमध्ये ५ सय ८६ जनाले नियमित एआरवि औषधी सेवन गरिरहेका छन् । चितवनमा पहाडि गाउँ विकास समिति बाहेक अन्य क्षेत्रमा एचआईभि संक्रमितहरु बढि रहेको फाउण्डेसनले जनाएको छ । फाउण्डेसनका कार्यक्रम संयोजक कृष्णहरी सापकोटाका अनुसार चितवनको भरतपुर उप–महानगरपालिका, रत्तननगर नगरपालिका, नारायणी नगरपालिका र माडी नगरपालिकामा बढि मात्रामा एचआईभी संक्रमितहरु रहेका छन् ।
चितवनमा स् २००७ देखि यता एक सय सात जनाको एचआईभिका कारण मृत्यु भएको छ । मृत्यु भएकाहरु मध्ये धेरै एचआईभि संक्रमितलाई क्षयरोग भएको हो ।
मृत्यु हुनेमा ७४ जना पुरुष, २७ जना महिला र ६ जना बालबालिका रहेका छन् ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण