गृहपृष्ठ » खेलकुद, मुख्य समाचार, समाचारहरुस्थितिको फाइदा लिन सकेनौं : विराट कोहली

स्थितिको फाइदा लिन सकेनौं : विराट कोहली

August 15, 2015४०४ पटक

साउन ३० – भारतीय टेस्ट क्रिकेटका कप्तान विराट कोहलीले स्थितिको फाइदा उठाउन नसक्दा खेल गुउमाउनु परेको बताएका छन् ।

श्रीलंका विरुद्धको पहिलो टेस्ट क्रिकेटमा ६३ रनले पराजित भएपछि बोल्दै कप्तान कोहलीले दोस्रो पारीमा श्रीलंकाको स्थिति राम्रो नभएका बेला आफूहरुले फाइदा उठाउन नसक्दा पराजित हुनु परेको बताएका छन् ।

दोस्रो पारीमा श्रीलंका ९५ रन बनाउँदा पाँच विकेट गुमाउँदाको स्थितिबाट उठेको तर आफूहरुले त्यसको फाइदा लिन नसक्नु कमजोरी भएको विराटको भनाई छ । दोस्रो पारीमा भारतीय टिम मानसिक रुपमा कमजोर भएको स्वीकार गरे ।

दबाबपूर्ण स्थितिमा मानसिक रुपमा बलियो भएमात्रै खेल जित्न सकिने भएपनि आफूहरुले त्यसो गर्न नसकेको विराटले बताए । तीन टेस्टको सिरिजमा भारत १–० ले पछि परेको छ । भारत र श्रीलंकाबीचको दोस्रो टेस्ट आउँदो भदौ ३ गतेदेखि सुरु हुनेछ ।
– एजेन्सीको सहयोगमा

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण