पहिरोमा पुरिएर दुई महिने बालिकासहित तीनको मृत्यु
दैलेख, ३१ साउन– दैलेखको नारायण नगरपालिका–६ मा गएराति पहिरोमा पुरिएर एकै परिवारको तीन जनाको ज्यान गएको छ ।
स्थानीय टेकबहादुर वादीको घर पहिरोमा पुरिँदा उनकी श्रीमती रुपा, दुई महिनाकी छोरी सपना र साढे दुई वर्षका गणेश वादीको मृत्यु भएको हो ।
राति सुतिरहेका बेला घरमाथिबाट खसेको पहिरोले वादी परिवारलाई पुरेको प्रहरीले जनाएको छ । स्थानीय, प्रहरी र सेनाको टोलीले पहिरो पन्छाएर शव निकाल्ने प्रयास गरिरहेका छन् ।