बन्द गराउँदै हिड्ने माओवादीका केन्द्रीय सदस्यसहित दुई दर्जन पक्राउ
३१ साउन, काठमाडौं। नेकपा-माओवादीसहितका दलहरुले गरेको बन्दको क्रममा राजधानीको रत्नपार्कमा झडप भएको छ । प्रहरीले बन्दकर्ताहरुलाई पक्राउ गर्न खोज्दा झडप भएको हो ।
बन्द गराउँदै हिडेका नेकपा-माओवादीका केन्द्रीय सदस्यसहित दुई दर्जन बढीलाई काठमाडौंको विभिन्न ठाउाबाट पक्राउ गरेको छ ।
काठमाडौको रत्नपार्कबाट माओवादीका केन्द्रीय सदस्य सुरेश श्रेष्ठ, संघीय समाजवादी फोरमका महासचिव राजेन्द्र श्रेष्ठ सहित २० जनालाई रत्नपार्कबाट पक्राउ गरेको माओवादी पोलिटब्युरो सदस्य दिनेश शर्माले जानकारी दिए ।
यस्तै,प्रहरीले नेकपा-माओवादीका केन्द्रीय सदस्य पार्वती थापा, दलित मोर्चाका बुद्धि नेपाली लगायतलाई कलंकीबाट तथा माओवादी केन्द्रीय सदस्य बद्री बजगाईा एयरपोर्टबाट पक्राउ परेको शर्माले जानकारी दिए ।