गृहपृष्ठ » मुख्य समाचार, विशेष, समचारखोलामा माछा मार्ने क्रममा वेपत्ता मुसीकोटका एक व्यक्तिको ६ दिन पछि शव फेला ।।

खोलामा माछा मार्ने क्रममा वेपत्ता मुसीकोटका एक व्यक्तिको ६ दिन पछि शव फेला ।।

August 5, 2015६४० पटक

अनिश गैरे, वामी गुल्मी
श्राबण २० गते ।।
गुल्मीको मुसिकोट गाँउ विकास समिति वडा नं. ६ भmरुवा निवासी ५८ बर्षीय बल बहादुर कुमाल ६ दिन पछि मृत अवस्थामा फेला परेको छन । ६ दिनपछि उनी आज रुरु गाबिस अन्तर्गत पर्ने बढिगाड खोलाको तिरमा मृत अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी प्रमुख हिमालय कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
उनी गत साउन १४ गते बेलुकी करिव १० बजे तिर बडिगाड खोलामा डडिया लिएर माछा मार्न हिडेका थिए । हराएको यतीका समय भइसक्दा पनि नभेटिदा स्थानीयहरुले शोक प्रक्ट गरिरहेका थिए । शवको पहिचान गरि पोस्र्टमाटम पछि शव आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण