नेपाल सुरक्षित रहेको सन्देश फैलाउँदै बेलायती नागरिक
३१ साउन, काठमाडौ । नेपालका लागि बेलायती राजदूत जोन रेन्किन र ब्रिटिस सहयोग नियोग डीएफआईडीकी नेपाल प्रमुख गेइल मर्जेट्टीले शनिवार आधा दिन अन्नपूर्ण क्षेत्रको धम्पुसमा बिताए । पोखराबाट करिब २० किलोमिटर टाढाको पर्यटकीय गाउँमा दुई बेलायती अधिकारीले ‘म अहिले नेपालमा छु लेखिएको प्लेकार्ड बोकेर फोटो खिचे ।
उनीहरुले खिचेको फोटो विभिन्न सामाजिक सञ्जालहरुमा सार्वजनिक गरिएका छन् । भूकम्पपछि पनि नेपालको पर्यटन क्षेत्र सुरक्षित रहेको सन्देश दिन यी दुई अधिकारीको अन्नपूर्ण क्षेत्र घुम्न आएका हुन् । धम्पुसबाट फर्केर पोखरामा पर्यटन ब्यवसायीसँग छलफल गरेका उनीहरुले पर्यटन क्षेत्र सुरक्षित रहेको सन्देश दिन आफूहरु यहाँसम्म आएको प्रतिक्रिया दिए, नागरिकमा खबर छ ।
भूकम्प आए पनि सबै क्षेत्रमा असर नपरेकेाले नेपाल घुम्नका लागि सुरक्षित रहेको आफ्नो भ्रमणले पुष्टी गरेको उनले बताए । भूकम्पपछि बेलायतले आफ्ना नागरिकलाई नेपाल नजान सल्लाह दिएको थियो । पछि उक्त सल्लाह आंशिक सच्चाइएको थियो ।