गृहपृष्ठ » खेलकुदफाइनल प्रवेशका लागि नेपालले भारतको सामना गर्दै

फाइनल प्रवेशका लागि नेपालले भारतको सामना गर्दै

August 16, 2015२६३ पटक

काठमाडौं, साउन ३१ – नेपालले १६ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा आइतबार भारतसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र भारतबीचको सेमिफाइनल खेल बंगलादेशको सिल्हेतमा नेपाली समयअनुसार बेलुका पौने सात बजेपछि सुरु हुनेछ ।u 18

शुक्रबार भएको खेलमा अफगानिस्तानलाई १–० ले हराउँदै नेपाल समुह बीको विजेता बनेर सेमिफाइनलमा प्रवेश गरेको हो । नेपालले पहिलो खेलमा माल्दिभ्सलाई ५–० ले हराएको छ । भारत भने समुह एको उपविजेता बन्दै सेमिफाइनलमा आएको हो । नेपाल र भारतबीचको खेल अघि पहिलो सेमिफाइनलमा अफगानिस्तानले आयोजक बंगादेशको सामना गर्नेछ । बंगलादेश समुह एको विजेता बन्दै सेमिफाइनलमा आएको हो भने अफगानिस्तान समुह बीको उपविजेता बनेर सेमिफाइनलमा पुगेको हो । बंगलादेश र अफगानिस्तानबीचको खेल नेपाली समय अनुसार दिउँसो साढे दुई बजे सिल्हेतमै हुनेछ ।

नेपाल सन् २०११ मा काठमाडौंमा भएको १६ वर्ष मुनिको साफ च्याम्पियनसिपमा तेस्रो भएको थियो भने दोस्रो संस्करणमा दोस्रो भएको थियो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण