गृहपृष्ठ » मुख्य समाचार, राजनीतिदोहोरो बन्दले जनजीवन प्रभावित

दोहोरो बन्दले जनजीवन प्रभावित

August 16, 2015१८४ पटक

कास्की, साउन ३१ – दोहोरो बन्दका कारण कास्कीको जनजिवन प्रभावित बनेको छ । मोहन वैद्य नेतृत्वको माओवादी सहितका दलहरुले आह्वान गरेको नेपाल बन्द तथा हिन्दुराष्ट्र संरक्षण अभियानको गण्डकी र धौलागिरी बन्दका कास्की र यस आसपासका जिल्लाको जनजीवन प्रभावित भएको हो ।

बन्दका कारण बिहानैदेखि गाडी चलेका छैनन् भने बजार, पसल, कलकारखाना, शिक्षण संस्था बन्द छन् । बन्दको कारण पोखराबाट बाहिरने र भित्रने लामो तथा छोटो दुरीका कुनैपनि गाडी चलेका छैनन् ।

दुवै तर्फका बन्दकर्ता बिहानैदेखि सडकमा निस्केर बन्द गराउँदै हिँडेका छन् । पोखराका विभिन्न चोकमा बन्दकर्ताहरु बसिरहेका छन् । बन्दका क्रममा प्रेस, एम्बुलेन्स, मानवअधिकार, कुटनीतिक नियोग, पर्यटक, दूध तथा तरकारी बोक्ने गाडीलाई छुट दिने बन्दकर्ताले बताएका छन् ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण