गृहपृष्ठ » मुख्य समाचार, राजनीति, समचारफोरमका उपाध्यक्षसहित ६१ बन्दकर्ता पक्राउ, दुई बस तोडफोड

फोरमका उपाध्यक्षसहित ६१ बन्दकर्ता पक्राउ, दुई बस तोडफोड

August 16, 2015२०८ पटक

काठमाडौँ, साउन ३१ – संविधानको मस्यौदाको विरोधमा नेकपा माओवादीसहित मधेशी मोर्चाले आह्वान गरेको बन्दले राजधानीलगायत देशका विभिन्न भागको जनजीवन प्रभावित बनेको छ । राजधानीमा ठूला भाडाका सवारीसाधनहरु चलेका छैनन् भने फाट्टफुट्ट साना निजी सवारी साधान चलेका छन् ।

यसैबीच, बन्द गराउँदै हिँडेका एकसठ्ठी जनालाई राजधानीका विभिन्न स्थानबाट आज बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सङ्घीय समाजवादी फोरम नेपालका उपाध्यक्ष राजेन्द्र श्रेष्ठलगायत नेता कार्यकर्ता रहेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक विश्वराज पोखरेलले जानकारी दिए ।

तीमध्ये पाँच जना तोडफोडमा संलग्न भएकै अवस्थामा थिए । त्यस्तै बल्खुबाट आठ जना प्रदर्शनकारी पक्राउ परेको प्रहरी नायब निरीक्षक अम्बरबहादुर रावलले जानकारी दिए ।

बन्दकर्ताले राजधानीमा दुई बस तोडफोड गरेका छन् । त्यस्तै पत्रकार ऋषि धमला चढेको बा५च ४७७८ नंको कारमा पनि बन्दकर्ताले आक्रमण गरेका छन् ।

‘नेपालवाणी’ एफएम कार्यालयबाट फर्कने क्रममा वीर अस्पताल अगाडि आफ्नो सवारीसाधनमाथि आक्रमण भएको उनले जानकारी दिए ।

संविधानको मस्यौदाप्रति विरोध जनाउँदै नेकपा–माओवादीसहित मधेस र जनजातिकेन्द्रित पार्टीले संयुक्त रुपमा आयोजना गरेको बन्दले जनजीवन प्रभावित भएको छ । रासस

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण