गृहपृष्ठ » मनोरञ्जनकोमल वली श्रीमानका लागि ब्रत बस्दै, पशुपति शर्मा झाँक्रीको खोजीमा

कोमल वली श्रीमानका लागि ब्रत बस्दै, पशुपति शर्मा झाँक्रीको खोजीमा

August 16, 2015२४९ पटक
komal-oliकाठमाडौं । गोजीमा गाँठ भाको मनमा आँट भाको तन्नेरीको खोजीमा रहेकी गायिका कोमल वलि यसपाली तीजमा श्रीमानको आयुका लागि भोको बस्ने तयारीमा छिन् । त्यो पनि दिनभरी । ‘हो नि अब पनि ब्रत नबसेक कहिले बस्ने त ?’ अनलाइनखबरसँगको कुराकानीमा उल्टै प्रश्न गरिन् उनले ।

अजय अधिकारी शुसिलको रचना संगीत रहेको गीतमा कोमलले यही कुरा गरेकी छिन् र उनको भनाई अनुसार तीज नेपाली महिलाहरुको पवित्र चाड हो । त्यसकारण यसलाई सम्य र भब्य बनाउन कलाकारको पनि योगदान हुनुपर्छ ।

‘समाज आधुनिक हुँदै गएपछि आफ्नो ठाउँमा मौलिक संस्कार जोगाउनुपर्छ ।’ तीजको अवसरमा नाच्नु, गाउनु र ब्रत बस्नु पनि मौलिक संस्कार हो भन्ने कोमलले यसपाली श्रद्धालु भक्तालु महिलाको पक्षमा कुरा गरेको धारणरा राखिन् ।

कोमलले गाएको कतिपय गीतमा गोजीमा आँट भाको पुरुष चाहिएको, पोईल जान मन लागेको जस्ता प्रसँग समेटिएका छन् । यस्ता गीत बढी चर्चित भएकाले पनि आफ्ना वारेमा कतिपयले शंका गरेजस्तो लागेको छ कोमललाई ।
उनी भन्छिन ‘म असाध्यै सभ्य महिला हुँ । यसपालीको भिडियामो देखिए जस्तै । उनले पानी नखाई बस्नै पर्दैन भिडियोपाट तीजले महिला पुरुष दुबैलाई सम्मान गरेको दावी पनि गरिन् ।

अर्की गायिका शोभा त्रिपाठीले तन्नेरी पुस्तालाई टार्गेट गरेर तीज गीत वनाएकी छिन् । ‘लभ स्टोरी फिल्म जस्तो यसपाली मेरो भिडियोमा तन्नेरी पुस्ताको प्रसंग छ ।’ अनलाइनखबरसँग कुरा गर्ने क्रममा शोभाले भनिन् ।

हरेक तीजमा एक नारायण भण्डारीको शब्द र संगीत तीज गीत र भीडियो बनाउँदै आएकी शोभाले यसपाली पनि त्यहि गरिन् । विगतमा जस्तै भिडियोमा अभिनय पनि उनको आफ्नै रहेको छ । ‘आफैं यत्तिको राम्री भएपछि अरुलाई खोज्नु पर्‍यो र ।’ शोभाको भनाई थियो ।

तीजका गीतमा धेरैले ब्रत, नाँचगान, पूजापाठ जस्ता प्रसंगलाई स्थान दिने गरेको अनुभव गरेकी शोभा यसपाली केही फरक शैलिको गीत बनाइको दाबी गर्छिन् ।

pashupati

एकपछि अर्को भिडियोका कारण चर्चित बन्दै आएका गायक पशुपति शर्मा तीजको नयाँ भिडियो मार्फत श्रीमतिको सातो फुक्ने झाँक्रीको खोजीमा छन् । भूकम्पले विनाश पारेपछि धेरैको सातो गएको अनुभव गरेका शर्माले ठूला घर बनाएर पछुताएकाहरुको विषयमा ब्याङग्य पनि गरेका छन् ।

पशुपति शर्मा र शान्तिश्री परियारकोको स्वर रहेको नयाँ भिडियोमा भूकम्पपछि मान्छेको मन हल्लिएको कुरा गरिएको छ ।

onlinekhabar

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण