गृहपृष्ठ » पत्रपत्रीका, मुख्य समाचारराजेश्वर देवकोटाको किरिया सात दिनमै सिध्याइने

राजेश्वर देवकोटाको किरिया सात दिनमै सिध्याइने

August 16, 2015१७३ पटक

काठमाण्डु, ३१ साउन– वरिष्ठ राजनीतिज्ञ राजेश्वर देवकोटाले तीन वर्षअघि काका राममणिको काजकिरिया हुँदै गर्दा भाई राजनसँग भनेका थिए, ‘समाज परिवर्तन भइसक्यो, त्यसैअनुसार हाम्रो वैदिक संस्कार पनि परिवर्तन गर्नुपर्छ । काजकिरिया पनि घटाएर सात दिन बनाउनुपर्छ । अरुबाट हुन नसके मेरोबाट सुरु गर्नू ।’ राजेश्वरको सोही इच्छाअनुसार कोरामा बसेका छोरा ईश्वरचन्द्रले आइतबार सात दिनमै उनको काजकिरिया सम्पन्न गर्दैछन् । बाबुको इच्छाअनुसार नै सात दिनको काम हुँदैछ, राजेश्वरकी छोरी सरला आचार्यले भनिन् । ८६ वर्षीय राजेश्वरको सोमबार निधन भएको थियो । २००३ मा जयन्तु संस्कृतम् आन्दोलनबाट राजनीतिमा आएका उनी पञ्चायतको समयमा पटक पटक मन्त्री र राष्ट्रिय पञ्चायतको अध्यक्षसमेत भएका थिए । –नागरिक दैनिकबाट

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण