गायक भरत गुरुङलाइ आखिर कस्ले पार्यो घाएल?(भिडियो सहित )
सलिम अन्सारी/१९ असार प्युठान
लोक गायक भरत गुरुङले नया लोक तथा दोहरी गित “घायलै पार्यो मायांले” बजारमा ल्याएका छन।
दोस्रो कोसेली स्वरुप भर्खरै बजारमा ल्याइएको उक्त गितमा गायक स्वयम् आफैको लय तथा सन्चारकर्मी शिबराज खनाल र गायक आफैले शब्द सयोजन गरेका छन।गितमा चर्चित लोक तथा दोहरी गायिका एवं मोड्ल अनु गुरुङले गायक भरत गुरुङलाइ साथ दिएकी छन।
जता जान्छु तिम्रो नै छायां छ
मनमा अनि मुटुमा मायां छ।
मायांले,के गर्यो गर्यो मायांले
घायलै पार्यो मायांले।
युटुव मार्फत सार्बजनिक गरिएको उक्त गित प्रती उत्साही हुँदै गायक भरत गुरुङ यो गितका शब्दहरुले दर्शक एवं श्रोताहरुको मन जित्नेमा ढुक्क देखिन्छन।चर्चित लोक दोहरी गित “के संझेकी छौ र” पछि आएको मेरो यो गितको शब्दले पक्कै दर्शक एव श्रोताको मन जित्ने छ।उनले भने,” यो गितले पनि माया पाउनेमा म उत्तिकै आशावादी छु।”
उनले शिबदर्शन डिजिट्ल प्रालिकि कार्यकारी प्रमुख गायत्री थापासंगको सहकार्य उल्लेख्य रहेको बताए।
त्यस्तै उक्त गितमा स्वर दिएकी गायिका अनु गुरुङ्ले पनि निकै मेहनतका साथ गित रेकर्ड गरिएको र आजको पुस्तालाई रुच्ने शब्द समेटिएका कारण गितले चर्चा पाउनेमा आफू बिश्वस्त रहेको बताइन।
सानै देखि गित तथा संगितमा रुचि राख्ने लोक दोहरी गायक भरत गुरुङ प्युठानबासी हुन।
सिर्जन बरालको निर्देशन रहेको उक्त म्युजिक भिडियो शिबदर्शन डिजिट्ल प्रालिले ल्याएको हो।
ज्ञानेन्द्र खड्काले छायाङ्कन गरेको भिडियोमा नरेशवीर सिहं र रिचा थापाको उत्कृष्ट अभिनय रहेको छ।