गुल्मीमा गत आर्थिक बर्षमा १२ करोडको राजश्व संकलन ।।
गुल्मी, श्राबण २० गते ।।
गत आर्थिक वर्षमा गुल्मी जिल्लाका सरकारीबाट झण्डै १२ करोड राजस्व संकलन भएको छ ।
कोष तथा लेखा निरक्षक कार्यालय गुल्मीबाट प्राप्त विवरण अनुसार गत आर्थिक वर्षको गत अशाढ मशान्त सम्म यस जिल्लामा कुल ११ करोड ९६ लाख ९६ हजार २ सय ६४ रुपैयाँ राजश्व संकलन भएको छ ।
अघिल्लो आर्थिक वर्षको तुलनामा यो वर्ष संकलन भएको राजश्व साढे १६ लाख भन्दा बढिले बृद्धि भएको र यो बृद्धि सन्तोष जनक रहेको कोष नियन्त्रक दधिराम मरासीनीले बताए । उनका अनुसार अघिल्लो आर्थिक वर्षमा ११ करोड ५३ लाख ५० हजार ९८ रुपैयाँ राजश्व संकलन भएको थियो । त्यस मध्ये ४५ लाख ६८ हजर ६ सय ५६ थियो । तर अहिले वेरुज रकम घटेको छ । यस वर्ष वेरुज रकम जम्मा २८ लाख ४० हजार ६ सय १५ रुपैयाँ रहेको छ ।
यहाँका सरकारी कार्याहरु मध्ये सवै भन्दा बढि राजस्व संकलन कोष तथा लेखा नियन्त्रक कायालयले गरेको छ । उसल कुल ४ करोड ९० लाख ६६ सय ३४ रुपैयाँ राजस्व संकलन भएको गरेको हो । सो कार्यालयकै हाराहारीमा जिल्ला प्रशासन कार्यालयले राजस्व संकलन गरेको छ । सो कार्यालयले कुल ४ करोड २९ लाख ३ हजार २ सय रुपैयाँ राजस्व संकलन गरेको छ ।
तेश्रो ठुलो रकम राजस्व संकलन गर्ने कार्यालयमा मालपोत कार्यालय परेको छ । उसले जिल्ला विकास समितिलाई बुझाउने करका अलावा ७४ लाख ९९ हजार राजस्व संकलन गरेको छ । त्यस्तै जिल्ला शिक्षा कार्यालयले ७० लाख ९७ हजार ५ सय ७९ रुपैयाँ राजस्व संकलन गरेको छ । जिल्ला विकास समितिबाट १५ लाख १७ हजार ८ सय २५ रुपैयाँ राजश्व संकलन भएकोछ । जिल्ला ट्राफिक कार्यालयबाट १४ लाख २७ हजार ३ सय राजश्व संकलन भएको छ ।
त्यस्तै तम्घास सिमलटारी सडक परियोजनाले ११ लाख ६७ हजार ६ सय ६९ रुपैयाँ राजश्व बुझाएको छ । जिल्ला अदालतले ११ लाख २३ हजार ८ सय ३५ राजश्व संकलन गरेको छ । नापी कार्यालयबाट ४ लाख ५५ हजार ६ सय ९६ रुपैयाँ राजश्व उठेको छ । त्यस्तै घरेलु तथा साना उद्योग विकास समितिले ४ लाख ४२ हजार १ सय ८ रुपैयाँ राजश्व संकलन गरेको छ । कफी विकास कार्यालयबाट १ लाख ५८ हजार ४ सय ३५ रुपैयाँ राजश्व संकलन भएको छ ।
जिल्ला वन कार्यालयबाट १ लाख ८५ हजार ३ सय १६ रुपैयाँ राजस्व संकलन भएको छ । जिल्ला कृषि विकास कार्यालयले १ लाख ३८ हजार, ३ सय ९५ रुपैयाँ राजश्व संकलन गरेको छ । जिल्ला पशु सेवा कार्यालयले ८८ हजार ५ सय ४५ रुपैयाँ संकलन भएको छ । खानेपानीे तथा सरसफाई डिभिजन कार्यालयले ६४ हजार ९ सय रुपैयाँ राजश्व संकलन गरेको छ ।
जिल्ला प्राविधिक कार्यालयबाट ३१ हजार ९ सय ३२ राजस्व संकलन भएको छ । पश्चिमाञ्चल सिंचाई डिभिजन कार्यालय नम्व ४ ले २७ हजार ६ सय २४ , लाख १६ हजार रुपैयाँ संकलन गरेको छ । गुरुगोरख गुल्मबाट १३ हजार ४ सय १५ रुपैयाँ राजश्व अशुली भएको छ ।
जिल्ला आयुर्वे्दिक स्वास्थ्य केन्द्रबाट ७ हजार १ सय ७९ रुपैयाँ राजस्व उठेको छ । जिल्ला अस्पतालबाट ५ हजार , जिल्ला कारागारबाट १ हजार ८ सय रुपैयाँ राजश्व उठेको छ । मदाने संरक्षित वनबाट १ हजार ५ सय राजश्व ठेको छ । सवै भन्दा थोरै जिल्ला भु–संरक्षण कार्यालयबाट जम्मा ९ सय राजश्व संकलन भएको छ । जिल्लाका २९ वटा सरकारी कार्यालयहरु ममध्ये जिल्ला सरकारी वकिलको कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट भने राजश्व संकलन भएको छैन् ।