गृहपृष्ठ » अन्तर्राष्ट्रिय, पत्रपत्रीका, मुख्य समाचारचिनियाँ जहाज ‘सेतो हात्ती’

चिनियाँ जहाज ‘सेतो हात्ती’

August 16, 2015३७० पटक

काठमाडौं, साउन ३१ – चिनियाँ जहाज (एमए६० र वाई १२) खरिद प्रक्रियामा सहमति दिन दबाब आउन थालेपछि अर्थ मन्त्रालयका सहसचिवहरुले सामूहिक रुपमै तत्कालीन अर्थमन्त्री शंकर कोइरालालाई खरिद राष्ट्रहितविपरीत रहेको अथ्र्याए । मन्त्रीले पनि ‘ठीक छ, त्यसो भए सहमति नदिने’ भने । सहसचिवहरु निस्कँदा मन्त्रीकक्षबाहिर उक्त जहाजको कमिसन एजेन्ट भनिएका व्यवसायी कुरिरहेका थिए ।

उनीहरु मन्त्रीकक्षमा छिरेपछि मन्त्रीको मन बदलियो’, एकजना सहसचिवले सम्झिए,‘खरिद प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरेर निर्णय गराउनु भनेर पर्यटनलाई घुमाउरो पारामा सहमति दिए ।’ मन्त्रिपरिषद्का अध्यक्ष , पर्यटनमन्त्रीलगायतसँग एजेन्टले कुरा मिलाइसकेका थिए । चुनाव गराउन बनाइएको खिलराज रेग्मी नेतृत्वको अन्तरिम सरकारले दुई वर्षदेखि अड्किरहेको चिनियाँ जहाज भित्राउने बाटो खोल्यो । मन्त्रिपरिषद्मा दुई वर्षअघि मंसिरमा दुईवटा एमए ६० र चारवटा वाई १२ किन्ने निर्णय गरिदियो ।

जहाज किन्नेले के पाए भन्ने खुलासा होला नहोला तर नेपाल वायुसेवा निगमले ती चिनियाँ जहाजबाट आम्दानीभन्दा दोब्बर रकम खर्च गुमाइरहेका छन्, आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण