गृहपृष्ठ » अार्थिक, पत्रपत्रीका, मुख्य समाचार, समचार, स्वास्थ्यतरकारी बेचेरै मासिक ४ लाख आम्दानी

तरकारी बेचेरै मासिक ४ लाख आम्दानी

August 16, 2015५४५ पटक

धादिङ, साउन ३१ – जीवनपुर–९ बाह्रबिसेका कृष्णप्रसाद रेग्मी अचेल व्यस्त छन् । उनी बिहान ४ बजे घरसँगै जोडिएको गाईको भकारोमा वा हाँस, कुखुरा, बाख्रा गोठको सरसफाइमा जुटेका छन् । यो उनको दिनचर्या हो । तरकारी बेचेरै उनी मासिक ४ लाख रुपैयाँ आम्दानी गर्न सक्ने भएका छन् । कृष्णले तरकारी खेतीमा करिब एक करोड लगानी गरेका छन् । बेमौसमी तरकारी उत्पादनका लागि ८० रोपनी खेतमा ५० वटा प्लास्टिक टहरा निर्माण गरेका छन् । कृष्णले ३० रोपनी खेत वार्षिक डेढ लाखमा भाडामा लिएका छन् भने ५० रोपनी आफ्नै हो । २२ वर्षअघि खरायोपालनबाट कृषि पेसा अँगालेका उनले ०५५ बाट कुखुरापालनमा लगानी गरे । तरकारी खेतीका लागि आवश्यक पर्ने मलका लागि उनले कुखुरा, हाँस, रजहाँससमेत पालेका छन् । खोरमा ६० वटा बाख्रासमेत छन् । ‘बेमौसमी तरकारी उत्पादन गर्न लागेको १५ वर्ष भयो, मौसममा गोलभेँडा मात्रै दैनिक ४० देखि ६० हजारसम्मको बिक्री गर्छु’, कृष्णले भने । उनी आठ वर्षदेखि निरन्तर व्यवसायिक तरकारी खेती गर्दै आइरहेका छन् । बेमौसमी तरकारीको विषादीरहित उत्पादनमा उनले जोड दिएका छन् । घरका ३ केटाकेटी विद्यालय पठाउने कृष्णको श्रीमतीबाहेक ८ जनालाई मासिक १२ हजारका दरले रोजगार पनि दिएका छन् । कृषिमा लगानी गर्न कृषि विकास बैंक, सानीमा बैंक, साना किसान बैंक र स्थानीय नवज्योती सहकारीबाट गरी ५७ लाख रुपैयाँ ऋण लिएका छन् । बैंकले कृष्णबाट ६ देखि १२ प्रतिशत व्याज लिने गरेका छन् । एउटै पेसामा असमान ब्याजप्रणालीप्रति कृष्णको चित्त बुझेको छैन । खुरुखुरु मासिक ब्याज बुझाउँछन्, २ वर्षमै ऋण तिर्ने उनको लक्ष्य छ ।’ आजको कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण