गृहपृष्ठ » पत्रपत्रीका, मुख्य समाचार, राजनीतिगृहमन्त्री–आइजिपी द्वन्द्व चुलिँदै

गृहमन्त्री–आइजिपी द्वन्द्व चुलिँदै

August 16, 2015२२५ पटक

काठमाडौं, साउन ३१ – गृहमन्त्री वामेदव गौतम र नेपाल प्रहरीका आइजिपी उपेन्द्रकान्त अर्यालबीच ‘भुसको आगो’झैं सल्किएको द्वन्द्व सतहमा आएको छ । अनुशासनको कमी रहेको भन्दै शुक्रबार फेरि एकपटक प्रहरीकै कार्यक्रममा गौतमले प्रहरी नेतृत्वको चर्को आलोचना गरे । सशस्त्र प्रहरीलाई पक्राउ पुर्जी दिने सरकारको निर्णयमा प्रहरीले मिडियाबाजी गरेर आफूलाई बदनाम गरेको भन्दै गृहमन्त्री गौतमले प्रहरी नेतृत्वको आलोचना गरे । ‘कि सशस्त्रलाई सेनाजस्तै व्यारेकभित्र राख्नुपर्यो, शान्ति सुरक्षामा खटाएपछि पक्राउ पुर्जी नदिई पक्राउ गर्न नमिल्ने अन्तर्राष्ट्रिय प्रचलन छ, त्यसैलाई वैधानिकता दिइएको हो, ठूलो विषय नै होइन,’ प्रहरी तालिमको दीक्षान्त समारोहमा गौतमले भने । सशस्त्र प्रहरीलाई पक्राउ पुर्जीको अधिकार दिनुमा कानुन मन्त्रालयको धेरै चासो रहेको गौतमले बताए । त्यसले नेपाल प्रहरीको अधिकार कटौती नभएको दाबी पनि उनले गरे । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण