गृहपृष्ठ » भिडियो, मनोरञ्जनतीन साथीको यात्राको कथा “सफर”को फस्ट लुक र टिजर सार्वजनिक

तीन साथीको यात्राको कथा “सफर”को फस्ट लुक र टिजर सार्वजनिक

July 7, 2016३९ पटक

सुवास संकल्प

२३ असार, इटहरी । तीन साथीले तय गर्ने यात्राको कथा समावेश गरिएको “सफर”को फस्ट लुक र टिजर सार्वजनिक भएको छ ।

युवा फिल्मस् को व्यानरमा निर्माण गरिएको फिल्ममा तीन साथीले तय गर्ने यात्राको कथा समावेश गरिएको छ । चलचित्रको सम्पुर्ण छायांकन अमेरिकामा गरिएको छ ।

मनन सापकोटा, सञ्जय गुप्ता, शिविर पोख्ररेल र नुरजा श्रेष्ठलाई मुख्य भुमिका रहेको सफरमा आशिष श्रेष्ठको सम्पादन र निर्देशन रहेको छ ।

केशब खड्काको कथा रहेको “सफर” असोज १४ बाट देशैभरि प्रर्दशनमा आउँदैछ । फिल्ममा सत्यराज आचार्य, धर्मेन्द्र सेवान र उज्वल मेघी गुरुङको स्वर रहेको छ भने फिल्मको गीतमा सब्द उत्तम भौकाजी, अर्जुन सुबेदी र उज्वल मेघी गुरुङको रहेको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण