गृहपृष्ठ » अार्थिक, मुख्य समाचार, समचार१ अर्ब ४१ करोड बराबरको अलैँची निर्यात

१ अर्ब ४१ करोड बराबरको अलैँची निर्यात

August 16, 2015३७८ पटक

३१ साउन, पाँचथर ।।
आर्थिक २०७१÷०७२ मा पाँचथरमा करिब १ अर्ब ४१ करोड बराबरको अलैँची निर्यात भएको छ । जिल्ला कृषि विकास कार्यालय पाँचथरको तथ्याङ्कअनुसार जिल्लामा उत्पादन भएको ६२७ मेटन अलैँची प्रतिटन २५ लाखमा बिक्री हुँदा १ अर्ब ४१ करोड ७ लाख ५० हजारको निर्यात भएको छ ।
कृर्षि विकास कार्यालयका पाँचथरका प्राविधिक डिल्ली पौड्यालका अनुसार गत वर्षभन्दा उत्पादन घटेको देखिएको भएपनि अहिले ६ सय २७ मेटन अलैँची उत्पादन भएको बताउनुभयो । उहाँले उत्पादनभएको मध्य ५ सय ६४ टन अलैँची जिल्ला बाहिर निर्यात भएको बताउनुभयो । पछिल्लो समय डढुवा प्रकोपका कारण अलैँची मासिन थालेपछि कृषि विकास कार्यालयले प्रत्येक वर्ष विरुवा वितरण गर्दैै आएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण