गृहपृष्ठ » मुख्य समाचार, समचारवामीका बिभिन्न ठाँउमा बिग्रिएका तथा बगाएका मोटरबाटोहरु स्थानीयहरुद्धारा मर्मत सम्भार ।।

वामीका बिभिन्न ठाँउमा बिग्रिएका तथा बगाएका मोटरबाटोहरु स्थानीयहरुद्धारा मर्मत सम्भार ।।

August 16, 2015१९४ पटक

 अनिश गैरे/उज्यालो / वामी गुल्मी ।।

३१ साउन ।।
केही दिन अगाडीको बर्षाको कारण बिग्रिएका वामीका सडकहरु स्थानियले मर्मत गरेका छन । गाबिसको वडा नम्बर ६ स्थित पधेरखोलामा बर्षा सँगै आएको पानीको भलले मोटरबाटो बगाएको थियो भने चिसापानी, अर्जेवा, हुद्रुङ्कोट लगायतका स्थानहरुमा पहिरोको कारण मोटरबाटो बिग्रिएको थियो । स्थानियहरुको सक्रियतामा सोही मोटरबाटोलाई मर्मत सम्भार गरिएको मोटरबाटो उपभोक्ता समितिका अध्यक्ष तथा समाजसेबी नारायण सापकोटाले जानकारी दिनुभयो । करिब ३० जनाको सक्रियतामा २ दिन सम्म मोटरबाटोको मर्मत गरिएको समेत उहाँले जानकारी दिनुभयो ।

मोटरबाटो अबद्ध भएपछि स्थानीयहरु लाई आबातजावत समस्या उत्पन्न भएको थियो । भने गाँउमा उत्पादन भएका तरकारी, दुध लगायतका स्थानीय उत्पादनहरुलाइृ बजारमा ल्याउन तथा बजारबाट दैनिक उपभोग्य सामग्रीहरु लैजान असहज भएको थियो । भने बिरामी पर्दा एम्बुलेन्स सञ्चालन गर्न समेत समस्या भएको. थियो । बाटो मर्मत सँगै आफुहरुमा सहजता थपिने भएपछि स्थानीयहरु खुशी भएका छन ।
प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण