गृहपृष्ठ » भिडियो, मनोरञ्जनसञ्चारकर्र्मी कृष्ण बाबुको भगेरी चरी

सञ्चारकर्र्मी कृष्ण बाबुको भगेरी चरी

July 21, 2016११ पटक

कुमार बस्नेत

साउन ६ । नेपाली पाराको भाकालाई टपक्क टिपेर भगेरी चरीले नामक तीज गीत बजारमा ल्याएका कृष्णबाबु अहिले चर्चामा छन । बुटवलको हिल्टन होटलमा आफ्नो नयाँ तीज गीत सार्बजनिक गर्दा उनि निकै हर्षित देखिन्थे । किनकी उनको यो गीतलाई सबै दर्शकले सार्बजनिक स्थल मै स्याबासी दिएका थिए । स्याङ्जाको बिर्घाबाट बिगत १० बर्ष पहिले बुटवल झरेका संचारकर्मी तथा गायक मोडल कृष्ण बाबुुले निकालेको पछिल्लो तीजगीत “भंगेरी चरीले मैदानैमा लरिलरल”ले यस बर्षको स्टेज , कार्यक्रम अनि बजार तताउने बिष्लेषण गरिएको छ ।

13730675_1116145231793530_25304198_o

भिडियोले छोटो समयमै युट्युवमा पाएको दर्शकको साथले पनि यहि कुराको संकेत गरेको छ । एस के म्युजिक प्रालिको प्रस्तुती रहेको उक्त गीतमा खुमन अधिकारीको लय, कृष्ण बाबुको शव्द रहेको छ । खुमन अधिकारी र शिलु भट्टराईको सुमधुर स्वरमा सजिएको गितको भिडीयो विष्णु भट्टराईको छायाङकन तथा निर्देशन कृष्ण बावु, राज केसी, बविता कंडेल, उषा नेपाल र हांस्य कलाकार उज्ववल गिरीको अभिनय रहेको छ ।

भिडीयो हेरौ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण