गृहपृष्ठ » कृषि, मुख्य समाचार, समचारकिसानहरु पशु बिमा तर्फ आकर्षित

किसानहरु पशु बिमा तर्फ आकर्षित

July 21, 2016९४५ पटक

सलिम अन्सारी 

प्यूठान ६-साउन , प्यूठानमा पशु बिमा गर्ने किसानहरुको संख्यामा वृद्धि भएको छ।जिल्लामा ब्याबसायिक रुपमा पशुपालन गर्ने किसानहरुको संख्या बढे संगै पशु बिमा गर्ने किसानहरुको संख्यामा समेत वृद्धि भएको हो। बिमाबाट पशुको नोक्सानी भएमा क्षतिपुर्ती पाइने बुझेपछी यहाका किसान पशु बिमामा आकर्षित भएका हुन । बीमा गर्दा हुने फाईदाको विषयमा जिल्लाका गाउँ–गाउँमा जानकारी पुगेपछि किसानहरुको संख्या बढेको जिल्ला पशुसेवा कार्यालय प्यूठानले जनाएको छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा आ.व.२०७२/०७३ मा १८ गुणा बढी किसानहरुले विभिन्न पशुहरुको बीमा गराएको कार्यालयका पशु विकास अधिकृत एवं सूचना अधिकारी खिमानन्द खनालले जानकारी दिए । आ.व.२०७१/०७२ मा जिल्लाभर ५५ जना किसानले विमा गराएकोमा वितेको वर्ष १ हजार ३९ जना किसानहरुले पशुबीमा गराएको उनले जानकारी गराए ।बिमा गराइने पशुहरु मध्य बाख्राको संख्या उल्लेख्य छ।गाई,भैंसी,बंगुर,लगायतका पशुहरुको समेत बिमा गर्ने चलन बढ्न थालेको छ। बाख्रा ७ सय ३८, गाई/भैँसी २ सय ९४ र ७ वटा बंगुरको विमा भएको खनालले बताए । खलंगा, विजुवार, धर्मावती, दाखाक्वाडी, खैरा(हालको नगरपालिका), बांगेशाल, हंसपुर, ढुंगेगढी, तिराम, ओखरकोट, मर्कावाङ र बाँदीकोट गाविसका किसानहरुले आफ्नो पशुहरुको बीमा गराएको कार्यालयले जनाएको छ ।

pasu-bima-e1454836247819

 

यसबाट १ करोड ४४ लाख ९८ हजार रुपैयाँ बीमा वापतको रकम संकलन भएको खनालले बताए ।पशुहरुको बीमा गराउँदा लगानी सुरक्षित हुने बांगेशाल–७ ददेरी प्यूठानकी कल्पना जि.सी.बताईन । ‘७० वटा वाख्रा पालेकी छुँ’,उनले भनिन्,‘४० वटाको विमा गराएकी छुँ ।’ त्यस्तै व्यवसायिक रुपमा बाख्रापालन शुरु गरेका मर्कावाङ–७ तारीवाङका दल बहादुर खत्रीले १ सय ९ वटा बाख्राको विमा गराएका छन् । ‘पोहोरसालदेखि बाख्राको विमा गराएको हुँ’,खत्रीले भने,‘बाख्राको नोक्सानी भइहालेपनि बीमाबाट क्षतिपूर्ति पाईने हुँदा आत्मविश्वास बढेको छ ।’ पशुहरुको मृत्यु, पूर्ण स्थायी रुपमा अशक्त, आगलागी, चट्याङ, भूकम्प, बाढी, डुवान, खडेरी, पहिरो, भूःस्खलन, आँधीबेहरी, हिऊँ र आकस्मिक दुर्घटना जस्ता समस्याले किसानहरुलाई पर्ने संभावित जोखिमबाट बँच्नका लागि बीमा कार्यक्रमले सहयोग पु-याउने वरिष्ठ पशुविकास अधिकृत डा.शरणकुमार पाण्डेले बताए ।
शुरुमा विमा गराउँदा किसानले प्रिमियम बापत २५ प्रतिशत रकम बुझाउनुपर्छ’,पाण्डेले भने,‘विमा गरिएको पशुको मृत्यु भएमा विमा गरिएको कुल रकमको ९० र पूर्ण रुपमा स्थायी अशक्त भएमा ५० प्रतिशत क्षतिपूर्ति भूक्तानी हुन्छ ।’ यहाँ नेशनल इन्सोरेन्स कम्पनीसंगको सहकार्यमा जिल्लामा बिमा कार्यक्रम अघि बढाइएको पाण्डेले जानकारी दिए। विमा गराउँदा गाई÷भैँसीको उमेर २ वर्ष, गोरु/राँगा ३ देखि ७ वर्ष, भेडा/बाख्रा/बंगुर ३ महिनादेखि विक्रिका लागि तयार नहुञ्जेल र बाच्छी/पाडीको उमेर ६ महिनादेखि २ वर्षसम्मको हुनुपर्ने उनले बताए । कृषिको ब्याबसायिकरणका लागि राज्यले अघि सारेको पशु बिमा प्रती यहाका कृषकहरुको उत्साहजनक सहभागिता देखिएको जिल्ला पशु सेवा कार्यालयले बताएको छ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण