गृहपृष्ठ » मुख्य समाचार, राजनीति, समचारबन्दमा प्रेसलाई अवरोध भएको भन्दै महासंघको ध्यानाकर्षण

बन्दमा प्रेसलाई अवरोध भएको भन्दै महासंघको ध्यानाकर्षण

August 16, 2015२११ पटक

काठमाडौं, साउन ३१ – केही राजनीतिक दलहरुले आह्वान गरेको आइतबारको बन्दका क्रममा प्रेसमाथि अवरोध भएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघले विज्ञप्ति निकाल्दै भनेको छ ‘सञ्चारमाध्यम तथा सञ्चारकर्मीका सवारीसाधनमा भएको तोडफोड, पत्रिकामा आगजनी तथा वितरणमा अवरोधका घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।’ बन्दका क्रममा राजधानीमा विहानै पत्रकार ऋषि धमला चढेको गाडीमा तोडफोड भएको र कान्तिपुर लगायतका कतिपय पत्रिका जलाएको जानकारी आएको महासंघले जनाएको छ ।

नेपालगञ्जलगायत विभिन्न ठाउँमा पत्रकारलाई धम्काएको, पत्रिका वितरण गर्न अवरोध गरेको, पत्रकारलाई सवारी साधन चलाउन अवरोध गरेको पनि महासंघले उल्लेख गरेको छ ।

महासंघे कुनै पनि बहाना प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई अवरुद्ध नगर्न तथा अत्यावश्यक सुविधा र नागरिकका मौलिक हकमाथि कुठाराघात नगर्न सम्बद्ध पक्षको गम्भीर ध्यानाकर्षण गराएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण