गृहपृष्ठ » मुख्य समाचार, राजनीति, समचारबन्द खुल्यो, जनजीवन सामान्य बन्दै

बन्द खुल्यो, जनजीवन सामान्य बन्दै

August 16, 2015२९० पटक

३१ साउन, काठमाडौं ।

नयाँ संविधानको मस्यौदामा रहेका प्रावधान तथा संघीयताको विभाजनको विरोध गर्दै नेकपा–माओवादी (वैद्य पक्ष) लगायत ३३ राजनीतिक दलले आव्हान गरेको बन्द खुलेको छ । साँझ ५ बजेपछि बन्द खुलेको हो ।

बन्द खुलेपछि राजधानी सहित देशभरीको जीवन सामान्य बन्दै गएको छ ।

बन्दका क्रममा आइतबार देशका विभिन्न ठाउँमा सवारी साधन तोडफोडलगायत हिंसात्मक गतिविधि गर्ने ६२ जना बन्दकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Nepal Strike Kathmandu Photos (4)

काठमाडौँ
बन्दको क्रममा धापासी हाइटमा बिहान ०६-४५ बजे ढुङ्गा प्रहारबाट बा १ ख ८८४५ नंको माइक्रोबसको सिसा र एयरपोर्ट गेट अगाडि बा १ ख ५६०२ नंको बसको सिसा फुटेको छ । बन्दको क्रममा काठमाडौका विभिन्न स्थानहरुबाट ५३ जना पुरुष र ४ जना महिला गरी ५७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ केन्द्रीय प्रहरी समाचार कक्ष नक्सालले जनाएको छ ।

झापाः बन्दकै क्रममा बिहान ०४- ५० बजे भद्रपुर नगरपालिका­१४ स्थित पेट्रोल पम्प छेउमा बिर्तामोडबाट कोइला बोकी भद्रपुरतर्फ जाँदै गरेको ना २ ख ८३६१ नंको ट्रकलाई २ जना अपरिचित व्यक्तिले ढुङ्गा प्रहार गरी अगाडिको सिसा फुटाई फरार भएका छन् । साथै मोरङ्ग टंकी­४ स्थित गङ्गा चोकमा सङ्घीय समाजवादी फोरमका भ्रातृ संगठन समाजवादी विद्यार्थी फोरमका जिल्ला अध्यक्ष महेश कुमार यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Nawalparasi bus in fire nepal strike (2)

मकवानपुरः बन्दको क्रममा ढुङ्गा प्रहारबाट आइतबार बिहान ०४ः१५ बजे मकवानपुर हेटौँडा उपनगरपालिका–१० स्थित राजमार्गमा वीरगन्जबाट चितवनतर्फ जाँदै गरेको ना ५ ख ६६६४, ना ४ ख ४८८७ र ना २ ख १२७९ नंको ट्रकमा र सोही स्थानको राम मन्दिरमा रोकी राखिएको ना ३ ख ६५४८ नं र अर्काे एउटा ट्रकसमेत गरी ५ वटा ट्रकको सिसा फुटेको छ । प्रहरीले ३ जनालाई नियन्त्रणमा लिएको छ ।

बाँकेः बन्दकै क्रममा बिहान ०१ः५० बजे कोहलपुर नगरपालिका­१० गोल्छा स्थित कोहलपुरबाट दाङतर्फ जाँदै गरेको ना २ च १३१७ नंको नागरिक दैनिक पत्रिकाको जिपलाई अपरिचित ४÷५ जनाको समूहले ढुङ्गा प्रहार गर्दा अगाडिको सिसा सामान्य चर्किएको र बम्पर कुच्चिएर क्षति भएको छ । ढुङ्गा प्रहार गर्ने व्यक्तिहरु फरार भएकाले प्रहरीले खोजी गरिरहेको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण