गृहपृष्ठ » मुख्य समाचार, राजनीति, समचारसीमाङ्कन र प्रदेश संख्या थपघट हुने

सीमाङ्कन र प्रदेश संख्या थपघट हुने

August 16, 2015२६१ पटक

आइतबार ३१ श्रावण, २०७२

काठमाडौं— मुख्य चार राजनीतिक दलहरुबीच आवश्यक परे प्रदेश संख्या वा सीमाङ्कन फेरबदल गर्ने सहमति भएको छ। प्रदेश सीमाङ्कनको विषयमा मुलुकका विभिन्न ठाउँमा आन्दोलन चर्किएको सन्दर्भमा आइतबार दलका शीर्ष नेताहरुले यस्तो सहमति गरेका हुन्।

संवैधानिक–राजनीतिक संवाद तथा सहमति समिति अन्तर्गतको विशेष समितिमा यस विषयमा छलफल भएको एमाअाेवादी अध्यक्ष पुष्पकमल दाहालले बताए। सीमांकन र प्रदेशको राजधानीका विषयमा असन्तुष्टिहरु आएको भन्दै सीमांकनमा थप परिवर्तन गर्ने र आवश्यक परेमा प्रदेशको संख्या नै तलमाथि पर्नसक्ने दाहालले जानकारी दिए।

समितिको बैठक सोमबार विहान बसेर सीमांकन र प्रदेशको संख्या हेरफेर गर्ने बारेमा अन्तिम निर्णय गर्नेछ।

मुख्य दलहरूबीच न्यायाधीशको पुननियुक्त नगर्नेमा सहमति भएको छ। थ्रेसोल्ड २ देखि ५ प्रतिशतसम्म राख्नुपर्ने विषयमा कुराकानी भएपनि अन्तिम निर्णय हुन सकेको छैन।

त्यसैगरी धर्म निरपेक्षताको ठाउँमा सबैलाई मान्य हुने शब्द राख्न पनि सबै दल तयार भएका छन् ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण