नेपाली नागरिकता भएका राष्ट्रपति हुन पाउनुपर्छ: मन्त्री निधि
आइतबार ३१ श्रावण, २०७२
काठमाडौं-नेपाली कांग्रेसका पूर्व महामन्त्री एबं भौतिक पूर्वाधार तथा यातायत मन्त्री विमलेन्द्र निधिले वंशजको आधारमा नागरिकता प्राप्त व्यक्तिमात्र राष्ट्रपतिसहित उच्च पदमा पुग्ने व्यवस्थाले मुलुकमा कटुता कलह र अशान्ती ल्याउने बताएका छन्।
प्रधानमन्त्री सुशील कोइरालामार्फत मन्त्री निधिले आइतबार संविधान निर्माणको विषयमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुको ध्यानाकर्षण गराएका छन्। ‘राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुख, मुख्य मन्त्रि, सुरक्षा निकायका प्रमुखहरुको लागि वंशज नागरिक मात्रै योग्य हुने गरि ब्यबस्थित गरिएको छ। यो उपयुक्त छैन,’ बन्दै गरेको संविधानप्रति आफ्नो असहमति सार्वजनीक गर्दै मन्त्री निधिले भनेका छन्,’योग्यतामा ‘नेपाली नागरिक हुनुपर्छ’ मात्रै उल्लेख गर्नु पर्याप्त हुनेछ।’
राज्यको सर्वोच्च पदमा आसिन व्यक्ति देश र राज्यप्रति वाफादारिता अनिवार्य शर्त भएको बताउँदै निधिले संवैधानिक रुपले निषेध गर्ने वा उसको वफादारिता माथि संबैधानिक रुपले नै शंका गर्नु संविधानवाद, लोकतान्त्रिक सिद्धान्त र शिष्टताको दृष्टि विपरित रहेको उल्लेख गरेका छन्। ‘राज्यको सर्वोच्च पदहरुको संवेदनशिलता सम्बन्धी उक्त निहित उद्देश्यलाई राजनीतिले, राजनीतिक दलहरुले आफ्नो नीति, कार्यशैली, प्रचलन र संस्कारद्वारा समाधान गरौ,संवैधानिक कानुनद्वारा होईन,’ निधिले नेताहरुलाई पठाएको ध्यानाकर्षणमा भनेका छन्, ‘वंशजको आधारको नेपाली नागरिकको सट्टा नेपालको नागरिक मात्र उल्लेख गरौ। नत्र आन्तरिक शीत युद्धको बिउ रहिरहने सम्भावना हुन्छ।’
– See more at: http://nagariknews.com/politics/story/43566.html#sthash.EQKFrK70.dpuf