गृहपृष्ठ » मुख्य समाचार, समचारमृतक परिवारलाई १० लाख दिने निर्णय

मृतक परिवारलाई १० लाख दिने निर्णय

August 16, 2015३०२ पटक
आइतबार ३१ श्रावण, २०७२
सुर्खेत–अखण्ड मध्यपश्चिम र त्यसको राजधानी सुर्खेतमा हुनुपर्ने माग गर्दै सुरु भएको आन्दोलनका क्रममा मृत्यु भएका तीन जनाको परिवारलाई सरकारले राहत स्वरुप १०–१० लाख रुपैंया दिने निर्णय गरेको छ।
प्रमुख जिल्ला अधिकारी बलदेव गौतमका अनुसार बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मृतक परिवारलाई राहत स्वरुप १० लाख रुपैंया दिने निर्णय गरेको हो ।  आन्दोलनका क्रममा गत सोमबार वीरेन्द्रनगरका टिकाराम गौतम, यामबहादुर बिसी र गोपालसिंह रजवारको मृत्यु भएको थियो । गौतमको इत्राम, बिसीको धमालाचोक र रजवारको मंगलगढी चोकमा मृत्यु भएको थियो । मृतक मध्ये गौतम र बिसीलाई गोली लागेको थियो ।

यस्तै सरकारले घाइतेहरुको सम्पूर्ण उपचार खर्च व्यहोर्ने निर्णय पनि गरेको छ । ‘सरकारी तथा निजी अस्पतालहरुमा भएको उपचारका साथै यातायात खर्च पनि सरकारले व्यहोर्ने निर्णय गरेको छ,’ उनले भने, ‘मृतक र घाइतेका आफन्तहरुलाई सरकारको निर्णय सुनाइसकेका छौं ।’

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण