गृहपृष्ठ » मनोरञ्जनतिज गितमा महादेब बनेर नाँचे कक्रेज ।।आइतबार ३१ श्रावण, २०७२

तिज गितमा महादेब बनेर नाँचे कक्रेज ।।आइतबार ३१ श्रावण, २०७२

August 16, 2015२६२ पटक

काठमाडौ, श्रावण ३१ – तीज आउन केही समय बाँकी नै भएपनि तीज गीत र त्यसका म्युजिक भिडियोको चर्चा चुलिएको छ । तीज गीतका बजारको आकर्षण देखेर नै हुनसक्छ, विगतमा आधुनिक र पप फ्लेभरका गीत गाएकी गायिका योजना पुरीले बजारले पहिलो पटक तीज गीत गाएकी छन् ।

योजना १ दशकदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय छिन् ।

‘मन उडेर कहाँ गयो गयो, पढ्न मन लाग्दैन के भयो, यो मेरो मनको धोको पुर्‍याइदेउ’ शब्दको यो गीतको म्युजिक भिडियो पनि सार्वजनिक भएको छ । युट्युबमा सार्वजनिक भएको यो गीतलाई एक साता नवित्दै १ लाख ५० हजार भन्दा बढी दर्शकले हेरेका छन् ।

निर्भाना कलाकेन्द्रले बजारमा ल्याएको यो गीत केही फरक स्वादमा रहेको बताइन्छ ।

ए शिवजी शिर्षकको एल्बममा रहेको गीतको भिडियोमा मोडलको रुपमा हास्यकलाकार हरी निरौला ‘कक्रोज’ र सुरक्षा पोख्रेलले नृत्य गरेका छन् । दीपक दशनामीको शब्द रचना र कृष्ण समीप सुवेदीको लय रहेको यो म्युजिक भिडियोलाई दर्शकले छोटो समयमै रुचाएकाले गायिका पुरी दंग छिन् ।  म्युजिक भिडियोलाई संचारकर्मी विदुर खतिवडाले निर्देशन गरेका हुन् ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण