गृहपृष्ठ » देवदह विशेषनिजी लगानीमा कोरियाकै ठूलो नेपाली सेल्टर खुल्यो

निजी लगानीमा कोरियाकै ठूलो नेपाली सेल्टर खुल्यो

August 5, 2015३३५ पटक

सउल ।  दक्षिण कोरियामा निजी लगानीको अहिले सम्मकै ठूलो नेपाली सेल्टरको स्थापना भएको छ । निजी लगानीमा कोरियाको फेन्थेक शहरमा आरती रेस्टुरेन्टका सन्चालक  जीवन थापाले आरती  सेल्टरको स्थापना गरेका हुन् ।

aarati celterकोरियामा आपतविपतमा परेका र काम छाडी बसेका नेपालीहरुलाई आश्रय दिन स्थापना गरिएको उक्त सेल्टरमा ४ दर्जन भन्दा बढी सेवाग्रही अट्न सक्ने क्षमता रहेको छ ।

महिला र पुरुषलाई अलग अलग भवन रहेको उक्त सेल्टरको औपचारिक उद्घाटन अगष्ट २ गते एनआरएन कोरियाका अध्यक्ष विनोद कुवँरले गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि कुवँरले ब्यक्तिगत लगानीमा यति ठूलो सेल्टरको स्थापना गर्ने जीवन थापालाई धन्यवाद ब्यक्त गर्दै कोरियाका नेपाली समुदायबीच पुर्याएको सहयोग कहिल्यै भुल्न नसकिने बताए ।

सामाजिक संघ सस्थाहरुले खोलेका केही सेल्टरहरु भएपनि निजी क्षेत्रबाट खोलिएको आरती सेल्टर कोरियामा पहिलो भएको बताउदै यसलाई सबैको साथ र सहयोग हुन जरुरी भएको अध्यक्ष कुवँरको  भनाई थियो ।

कार्यक्रममा पूर्वाञ्चल सरोकार समाजका अध्यक्ष काजी नेपाल, कोरीया सन्देश क्लबका अध्यक्ष तथा अनलाइनखबरकर्मी मिनप्रकाश उप्रेती, जनसम्पर्क समिति कोरियाका अध्यक्ष नवराज सिवाकोटी तथा फेन्थेक माईग्रेसन सेन्टर नेपाली कमितिका अध्यक्ष ब्रृजु विक्रम थापाले शुभकामना ब्यक्त गरेका थिए ।

यसैगरी डाइनामिक मोरङ कमिटिका उपाध्यक्ष रमेश भट्टराई ,ब्यबसाही बुद्दी गुरुङ , धादिङ समाजका अध्यक्ष नवराज बोहरा लगायतले पनि शुभकामना ब्यक्त गरेका थिए ।

कार्यक्रममा कोरियाको चर्चित साङगितिक समूह सुनाखरीले मनोरन्जन प्रदान गरेको थियो । संचारकर्मी सपना अधिकारीले सन्चालन गरेको कार्यक्रमको सभापतित्व आरती सेल्टरका अध्यक्ष जीवन थापाले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण