गृहपृष्ठ » मुख्य समाचार, राजनीति, समचारपत्रकार बुढाथोकीलाई पक्राउ गर्न खोजिएकामा चौतर्फी विरोध

पत्रकार बुढाथोकीलाई पक्राउ गर्न खोजिएकामा चौतर्फी विरोध

August 17, 2015२५७ पटक

gopal-budhathokiकाठमाडौं , ३२ साउन– साँघु साप्ताहिकका सम्पादक गोपाल बुढाथोकीलाई पक्राउ गर्ने प्रयास गरेको भन्दै पत्रकार सम्वद्ध संघसंस्थाले आपत्ति जनाएका छन ।
नेपाल पत्रकार महासंघले आफ्ना पूर्वउपाध्यक्षसमेत रहेका बुढाथोकीको घरमा खानतलासी गर्नुका साथै पक्राउ गर्न खोजिएको भन्दै आपत्ति जनाएको छ ।

महासचिव उजिर मगरद्वारा जारी विज्ञप्तिमा पत्रिकामा प्रकाशित समाचारको विषयमा विद्युतीय कारोबार ऐन दुरुपयोग गरी पक्राउ गर्न खोजिएबाट महासंघको ध्यानाकर्षण भएको उल्लेख छ ।

‘पत्रिकामा प्रकाशित सामग्रीप्रति कसैलाई चित्त नबुझे पत्रकार आचारसंहिताको विषय भए प्रेस काउन्सिल र अन्य कानुन उल्लंघनको विषय भए सम्बन्धित कानुनबमोजिम अदालतमा उपचार खोज्न सकिनेमा द्विमत छैन’, विज्ञप्तिमा भनिएको छ, ‘तर, असम्बन्धित कानुन आकर्षित गरी पत्रकारलाई हतोत्साहित गर्ने कार्यप्रति महासंघ आपत्ति जनाउँछ र यसमा सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउँदछ ।’

यसैबीच प्रेस चौतारी नेपालले आफ्ना केन्द्रीय सल्लाहकार तथा साँघु साप्ताहिकका सम्पादक गोपाल बुढाथोकीको निवास मण्डिखाटारमा प्रहरीले खानतलासी गरेकामा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

चौतारीका महासचिव माधव नेपालद्वारा जारी विज्ञप्तिमा अखबार वा अनलाइनमा प्रसारित समाचारका विषयमा विद्युतीय कारोबार ऐन आकर्षित नहुने भन्दै बुढाथोकीमाथि भएको दुव्र्यवहारको विरोध गरिएको छ ।

विज्ञप्तिमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता प्रतिकूलको कार्य हुने र त्यसले राज्यको प्रेस स्वतन्त्रताप्रतिको प्रतिबद्धतामा गम्भीर प्रश्न उठ्ने गतिविधि नगर्न सरकारलाई ध्यानाकर्षण गराइएको छ ।

क्रान्तिकारी पत्रकार संघले पनि बुढाथोकीको घरमा भएको खानतलासीप्रति आपत्ति जनाएको छ । क्रान्तिकारीका संयोजक गोविन्द आचार्यले एक विज्ञप्ति जारी गर्दै समाचारका विषयमा चित्त नबुझे प्रेस काउन्सिल नेपाल वा अदालतमा उजुरी गर्ने कानूनी व्यवस्था विपरित प्रहरीले बुढाथोकीको घर खानतलासी गर्दै पक्राउ प्रयास गर्नुका साथै परिवारमा आतंक सिर्जना गर्ने कार्य गरेकोप्रति घोर विरोध र भत्र्सना गरेका छन् ।

चौथो अंगका रुपमा सम्मानित संचार माध्यममा प्रवाह भएका संचार सामग्रीका सम्वन्धमा नियमन वा कारवाही गर्ने निकाय सरकार वा मातहतका निकायहरु नभएको स्पष्ट हुँदाहुँदै एवम् संचार माध्यमका हकमा आकर्षित नहुने विद्युतीय कारोबार ऐनको हवाला दिएर वरिष्ठ पत्रकार बुढाथोकीमाथि आक्रमण हुनु प्रेस स्वतन्त्रतामाथिकै गम्भीर आक्रमण भएको ठहर क्रान्तिकारीको छ ।

आचार्यले विज्ञप्तिमा आफूलाई लोकतान्त्रिक बताउने सरकारबाट भएको गैरकानूनी एवम् स्वतन्त्र प्रेसविरोधी हर्कतको निन्दा गर्दै सरकारलाई तत्काल माफी माग्न एवम् यस प्रकारको क्रियाकलाप पुनः नदोहोर्याउन आचार्यले माग गरेका छन् ।

रिपब्लिका सम्पादक सुवास मिघिरेको उजुरीमा प्रहरीले बुढाथोकीलाई पक्राउको प्रयास गरेको हो ।

साँघु साप्ताहिकमा प्रकाशित समाचारले आफ्नो मानहानी गरेको भन्दै विद्युतीय कारोबार ऐनअन्तर्गत कारबाहीका निम्ति महानगरीय प्रहरी परिसर टेकुमा उजुरी दिएका थिए ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण