गृहपृष्ठ » मुख्य समाचार, राजनीति, समचारराजेन्द्र महतो भन्छन्, ‘हाम्रो अडियो संसदमा लगेकामा सरकारलाई धन्यवाद

राजेन्द्र महतो भन्छन्, ‘हाम्रो अडियो संसदमा लगेकामा सरकारलाई धन्यवाद

August 17, 2015६७७ पटक

spotlight-rajendra-mahatoकाठमाडौं ३२ साउन– सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सरकारले आफूहरुले दिएको अभिव्यक्तिको अडियो टेप संसदमा पेश गरेकामा सरकारलाई धन्यवाद दिएका छन्

सभाध्यक्ष सुवास नेम्वाङको निर्देशनमा उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले व्यवस्थापिका–संसद् बैठकमा सोमबार अडियो टेपको कपी बुझाएका थिए ।

कैलालीको टीकापुरमा भएको एक कार्यक्रममा फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, महतो र काँग्रेस सभासद् अमरेशकुमार सिंहले अधिकार नपाए मधेस नेपालबाट अगल हुन सक्ने अभिव्यक्ति दिएका थिए ।

‘सरकारले हामीले बोलेको अडियो संसदमा बुझाएर राम्रो गरेको छ’, महतोले काठमाण्डु टुडेसँग भने, ‘हामी खुसी छौं किनकी राम्रै प्रचार भएको छ ।’

महतोले मिडियाले कार्यक्रममा ‘कभरेज’ नदिए बापतको क्षतिपूर्ति सरकारले गरिदिएको टिप्पणी गरे । उनले कार्यक्रममा आफूहरुले भनेको विषयलाई बंग्याएर सञ्चार माध्यमले गलत समाचार सम्प्रेषण गरेको दाबी गरे ।

आफूहरुले देश टुक्र्याउने अभिव्यक्ति नदिएको भन्दै उनले मधेसी जनताले अधिकार नपाए देश टुक्र्याउन खोज्ने शक्तिलाई फाइदा पुग्ने बताएको जिकिर गरे ।

महतोले पूर्वराजा ज्ञानेन्द्र भन्दा चार दलका नेताप्रतिगामी भएको आरोप पनि लगाए ।

‘ज्ञानेन्द्रले सत्ता मात्र खोसेका थिए’, उनले भने, ‘चार दलका नेताले जनताले संघर्षबाट पाएको परिवर्तन खोसेर आफूलाई ज्ञानेन्द्रभन्दा ठूलो प्रतिगामी सिद्ध गरेका छन् ।’

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण