कराँचीमा आक्रमणमा वासिम अक्रम मुस्किलले बाँचे
२० साउन, काठमाडौं । पाकिस्तानका पूर्व कप्तान वासिम अकरम कराँचीमा आक्रमण मुस्किलले बचेका छन् । फास्ट बलिङ क्याम्पका लागि अकरम नेलनल स्टेडियम जाँदै थिए । त्यसक्रममा गाडीमा आएकाहरुको समूहले उनीमाथि गोली हानेका थिए । अकरमले उक्त गाडी नम्बर आफूले प्रहरीलाई टिपाएको बताएका छन् । अकरमका म्याजेनरले उनी नेशनल स्टेडियममा सुरक्षित रहेको जानकारी दिएका छन् ।