गृहपृष्ठ » मनोरञ्जन, मुख्य समाचारदेवरले भाउजू भगाएपछि… (एक अनौठो घटना)

देवरले भाउजू भगाएपछि… (एक अनौठो घटना)

August 18, 2015३२८ पटक

vagera-bibahaराजविराज, १ भदौ– नाताले भाई पर्ने (फुपुको छोरा) ले आफ्नी श्रीमती भगाएपछि सप्तरीका एक व्यक्तिले भाइबुहारी भगाएका छन् । यो घटनाले सप्तरी जिल्लामा सनसनी फैल्याएको छ ।

घटना हो सप्तरी खड्गपुर गाविस–७ अरैया टोलको । गाउँमा पटक पटक बसेको पञ्चायतीबाट समस्या समाधान हुन नसक्दा सोमबार जिल्ला प्रहरी कार्यालयमा दुवै पक्षको उजुरी परेपछि यस्तो घटना सार्वजनिक भएको हो ।

घटना विवरणअनुसार खड्गपुर–७ निवासी ३५ वर्षीय उमेश राम पाँच वर्षअघि रोगजारीका लागि मलेसिया गएका थिए । नाताले भाइ पर्ने सप्तरी लालपट्टी–४ बस्ने ३० वर्षीय भोलाराम उनीभन्दा दुई वर्ष अघिदेखि मलेसियामा काम गर्दै आएका थिए ।

मलेसियाबाट बेलाबेलामा भोला गाउँ फर्किँदा उमेशले उनैको हातबाट ३० वर्षीय पत्नी तारादेवीलाई रकम पठाउने गरेका थिए । उमेशको अनुसार पाँच वर्षको अवधिमा पटक पटक भोलामार्फत तारादेवीलाई १२ लाख रुपैयाँ पठाएका थिए । रकम पुर्याउन जाँदा आउँदा तारादेवीसँग भोलाको प्रेम बस्यो । चार सन्तानकी आमा तारा र एक वर्षअघि मात्रै विवाह भएका भोलासँग लसपस बढ्दै गएपछि यो खबर गाउँमा डढेलो झै सल्कियो । एक दिन कोठाभित्रै दुवै भेटिए । गाउँलले समातेर प्रहरीमा पुर्याए । सबैको सम्मतीमा आइन्दा यस्तो नगर्ने कबोल गरे दुवैले ।

तर सम्बन्ध रोकिएन । तारा देवर भोलासँग एक दिन भागिन् । दोस्रो श्रीमतीको रुपमा भोलाले तारालाई भित्र्याए । खबर सुनेर मलेसियामा रहेका उमेश नेपाल आए । पत्नी फर्काउन धेरै हत्ते गरे । तर सकेनन् । तर आफ्ना तीन सन्तानलाई ताराबाट फुत्काउन सफल भए । त्यसपछि भोलाकी जेठी श्रीमती सरितासँग उमेशको प्रेम बस्न थाल्यो । दुवैले पति–पत्नीबाट धोका पाएका थिए । दुवैको सल्लाह मिल्यो । त्यसपछि उमेशले सरितालाई भगाए ।

दुवैले एक अर्काको पत्नी भगाएर हिसाब बराबर गरे । तर कुरा यतिमै मिलेन । दुवैले एक अर्कालाई असुरक्षित महशुस गर्न थाले । उमेशले भोलाबाट १२ लाख पाउनु पर्ने माग राखे । भोलाले १८ लाख रुपैयाँ सरिताले लिएर गएको बताए । दुवैले प्रहरीमा उजुरी गरे । लेनदेनको विवाद अझै सकिएको छैन ।
राजधानी दैनिकबाट

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण