गृहपृष्ठ » भिडियो, मनोरञ्जनचर्चाको शिखर चढ्दै झापाली गायिका: कविता शिवाकोटी (भिडियो सहित)

चर्चाको शिखर चढ्दै झापाली गायिका: कविता शिवाकोटी (भिडियो सहित)

August 22, 2016२४१ पटक

आरपी सहयात्री/भाद्र ६

nepali-singer

‘पतिदेव, हजुरले भन्या जे पनि मान्छु, तर आज जे भनेनि माइत जान्छु, जान्छु’ भन्दै गीत गाउने कविता शिवाकोटी सांगीतिक प्रस्तुतिका लागि युएई जाने भएकी छिन् । झापाली समाज यु.ए.ई.को तीज विशेष सांगीतिक कार्यक्रममा भाग लिन गायिका कबिता शिवाकोटी दुबई जान लागेकी हुन् । दुबईको काल्टन टावर होटलमा २ सेप्टेम्बरमा आयोजना हुने तीज विशेष सांगीतिक कार्यक्रममा गायक तथा संगीतकार टंक बुढाथोकी र तारावीर पाण्डेसँगै कबिताको विशेष प्रस्तुति रहने कार्यक्रम आयोजक समितिका संयोजक रोहित भण्डारीले जानकारी दिएका छन् ।

संयोजक भण्डारीले कार्यक्रमको सफलताबाट प्राप्त मुनाफा असहाय बालबालिकाहरुको अध्ययनमा खर्च गर्न दस लाखको अक्षय कोष स्थापना गर्ने लक्ष्य राखेको बताएका छन् ।

तीज गीत लिएर नेपाली सांगीतिक क्षेत्रमा आएकी कबिताले यसअघि आधुनिक, लोकपप तथा चलचित्रकै गीतमा पनि स्वर दिइसकेकी छिन् । नेपाली नारीहरुलाई तीजले झपक्कै छोपेका बेला माइत जान्छु भन्दै झापा विर्तामोडकी कविता शिवाकोटीले ‘पतिदेव’ एल्बम सार्वजनिक गरेपछि दर्शक तथा स्रोताहरुबाट धेरै राम्रो रेस्पोन्स पाएको प्रतिक्रिया दिएकी छिन् । तीज लागेको छ है… बोलको गीत उनले युट्युब मार्फत् सार्वजनिक गरेकी हुन् । उक्त गीत केही टेलिभिजनहरुमा पनि नियमित प्रसारण भइरहेको छ । कबितालाई मेलिना राईले स्वरमा साथ दिएकी छिन् ।

nepali singer2भाइस क्रिएसनको प्रस्तुति रहेको उक्त भिडियोलाई शंकर बिसीले निर्देशन गरेका हुन् । राजेश घिमिरेको छायाङ्कन रहेको उक्त भिडियो नवीन घर्तीमगरले सम्पादन गरेका हुन् ।

तीजको अवसर पारेर सार्वजनिक गरिएको यस भिडियोमा कबिता शिवाकोटी, रिस्ता बस्नेत, भूपाल शिवाकोटी, शंकर बिसी लगायतले अभिनय गरेका छन् ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण