गृहपृष्ठ » पत्रपत्रीका, मुख्य समाचारप्रदेश प्रमुखको कहिले हुन्छ नियुक्ति ? कहिलेबाट प्रक्रिया सुरु हुन्छ ?

प्रदेश प्रमुखको कहिले हुन्छ नियुक्ति ? कहिलेबाट प्रक्रिया सुरु हुन्छ ?

August 19, 2015१६८ पटक

२ भदाै, काठमाडाैं । संघीय सांसदका लागि सम्पूर्ण योग्यता निर्धारणसम्बन्धी संघीय संसद्को प्रतिनिधिसभा सदस्य ऐन र राष्ट्रिय सभा सदस्य ऐन तत्काल बन्ने अवस्था छैन । किनभने मस्यौदाको संक्रमणकालीन व्यवस्थामा वर्तमान संविधानसभा व्यवस्थापिका संसद्मा रूपान्तरण हुनेछ । जसको कार्यकाल ०७४ माघसम्म हुनेछ । त्यसकारण ऐनसम्बन्धी काम सुरु हुने सम्भावना नरहेको नयाँ पत्रिकामा खबर छ ।

यसकारण तत्काल प्रदेश प्रमुख नियुक्त हुन सक्दैनन्
प्रदेशको नाम र राजधानी तत्काल तोकिने अवस्था छैन । प्रदेश प्रमुखको कार्यालय कहाँ राख्ने टुंगो छैन ।

प्रदेश प्रमुख बन्नका लागि संघीय संसद्को सदस्य हुन योग्य हुनुपर्ने व्यवस्था छ । त्यसका लागि पहिला संघीय सांसद अर्थात् प्रतिनिधिसभा र राष्ट्रिय सभाको सदस्य हुने योग्यता निर्धारण आवश्यक हुन्छ ।

संघीय मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले  प्रदेश प्रमुख नियुक्त गर्ने व्यवस्था छ । तर, अहिलेको संसद् ०७४ माघसम्म कायम रहने भएकाले यही मन्त्रिपरिषद्ले सिफारिस नगर्न सक्छ ।

तत्काल नियुक्त हुन सक्ने कारण
प्रदेश सभाको पहिलो अधिवेशन प्रदेश प्रमुखले आह्वान गर्नुपर्ने भएकाले प्रदेश सभा गठनअगावै प्रदेश प्रमुख आवश्यक पर्छ । संघीय आयोगले प्रदेश राजधानी टुंगो लगाएको अवस्थामा प्रदेश प्रमुख नियुक्त हुन सक्छन् ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण