गृहपृष्ठ » पत्रपत्रीका, मुख्य समाचारचार सय कर्मचारीको सरूवा

चार सय कर्मचारीको सरूवा

August 19, 2015१५१ पटक

२ भदौ, काठमाडौं । सामान्य प्रशासन मन्त्रालयले साउनमा एक हजार एक सय ५१ जना कर्मचारीको सरुवा गरेको छ । सोमबार राति झन्डै ९ बजे एकैपटक चार सय कर्मचारीको सरुवा भएको छ ।

मन्त्रालयले साउनमा कार्यालय सहयोगीदेखि उपसचिवस्तरका एक हजार एक सय ५१ जना कर्मचारीको सरुवा गरेको हो । उपसचिवस्तरका ७५ तथा शाखा अधिकृतस्तरका एक सय ३२ कर्मचारीको सरुवा गरिएको छ । नायब सुब्बा तहका तीन सय २४, खरिदार तहका चार सय एक र कार्यालय सहयोगी तथा हलुका सवारीचालक तहका गरी दुई सय १९ कर्मचारीको सरुवा गरिएको मन्त्रालयले जनाएको नयाँ पत्रिकामा खबर छ ।

निजामती सेवा ऐनअनुसार सामान्य प्रशासन मन्त्रालयले हरेक वर्ष साउनमा अन्तरमन्त्रालयस्तरमा कर्मचारी सरुवा गर्ने गर्छ । मन्त्रालयका कर्मचारीका अनुसार कर्मचारी प्रशासन महाशाखा प्रमुख सहसचिव रूपनारायण भट्टराई सोमबार बिहानदेखि राति अबेरसम्म व्यस्त थिए । स्रोतका अनुसार मन्त्रालयको कर्मचारी प्रशासन शाखाका सबै कर्मचारी सहसचिव भट्टराईकै कार्यकक्षमा थिए ।

सरुवा मापदण्ड बनाए पनि सोर्सफोर्सका आधारमा कर्मचारी सरुवा भएको सामान्यकै केही कर्मचारीको आरोप छ । सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितका स्वकीय सचिव ओसिम आलमले भने सरुवा विगतमा भन्दा पारदर्शी र विवादरहित भएको दाबी गरे ।

‘मन्त्रीज्यूकै निर्देशनअनुसार मापदण्डका आधारमा सरुवा भएको छ,’ आलमले भने । गलत किसिमको सरुवा भए देखाउन उनले चुनौती दिए ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण