गृहपृष्ठ » सूचना प्रविधीआइफोनका लागि नयाँ एप

आइफोनका लागि नयाँ एप

August 19, 2015३२४ पटक

भदौ २ – आइप्याडको चर्चित एप्लिकेशन अब आइफोनमा पनि उपलब्ध हुने भएको छ । आइप्याडमा निकै लोकप्रिय भएको पेपर एप अब आइफोनमा पनि उपलब्ध हुने निर्माता कम्पनी एप्पलले जनाएको छ ।

चित्र कोर्न मिल्ने आइप्याडको एप पेपर अब चाँडैनै आइफोनमा पनि उपलब्ध हुने एप्पलले जनाएको छ । अहिले आइप्याडमा मात्रै उपलब्ध रहेको पेपर एपले समिक्षकको पनि राम्रो प्रतिक्रिया पाएको थियो । सन् २०१२ मा एप्पलले पेपरलाई आइप्याडको उत्कृष्ट एपको रुपमा घोषणा गरेको थियो । फिप्टिथ्री डिजाइन स्टुडियोले बनाएको पेपर एप कहिलेदेखि आइफोनमा उपलब्ध हुनेछ भन्ने खुलाइएको छैन । तर चाँडैनै आइफोनका प्रयोग कर्ताले पनि यो एप चलाउन पाउने स्टुडियोले जनाएको छ । पेपर एप आइफोनमा निशुल्क उपलब्ध हुनेछ ।

पेपर एप के हो ?

पेपर एप चित्र कोर्न मिल्ने एप हो । यसको सहायताले आइप्याड मै कागजमा जस्तै चित्र कोर्न, स्केच बनाउन, कुनै पनि विषयमा पेन्सिलको सहायताले नोट लेख्न मिल्छ । पेपर एपमा आइप्याडमा उपलब्ध हुने कागजमा स्क्रिनमा फिप्टिथ्री पेन्सिलको सहायताले चित्र कोर्न, नोट लेख्न मिल्छ ।

पेपर एपले कसरी काम गर्छ त भिडियोमा हेर्नुहोस्

– एजेन्सीको सहयोगमा

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण