गृहपृष्ठ » अार्थिक, मुख्य समाचारबन्दका कारण भन्सार प्रभावित

बन्दका कारण भन्सार प्रभावित

August 19, 2015३१० पटक

biratnagar bhansarविराटनगर, २ भदौ– संयुक्त मधेसी मोर्चाको लगातारको बन्दका कारण विराटनगर भन्सार कार्यालय पनि प्रभावित भएको छ ।

उक्त भन्सार कार्यालयको परिसरमा करिब ३०० मालबाहक ट्रक थन्किएका छन् र भारतीय क्षेत्रको सडक किनारमा सयौँ त्यस्ता गाडी लामबद्ध अवस्थामा छन् ।

दैनिक सरदर रु छ करोडको राजस्व सङ्कल गर्दै आइरहेको विराटनगर भन्सार कार्यालयले मंगलबार करिब रु पाँच करोड राजस्व संकलन गरेको छ । सो कार्यालयका प्रमुख कृष्ण बस्नेतका अनुसार मंगलबार राति १ बजेसम्ममा १०० भन्दा बढी गाडीलाई स्कटिङ गरी मोरङ र सुनसरी पठाइएको छ ।

यसैबीच, लगातार बन्दका कारण विराटनगरका उद्योग व्यवसाय चौपटको अवस्थामा पुगेको छ । विद्यालयका शिक्षण संस्था ठप्प भएपछि अभिभावक चिन्तित बनेका छन् । सार्वजनिक यातायातका साधन नचल्दा लामो दूरी यात्रा गर्नेहरु विचल्लीको अवस्थामा पुगेका छन् ।

रिक्सामा यात्रा गर्नेहरु अत्यधिक भाडा तिर्न बाध्य छन् । रासस

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण